रहेनन् अभिनेता ओम पुरी

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७३, शुक्रबार

om-puri1

पौष २२, ।  ‘हेराफेरी, सिंह इज किंग, मेरे बाप पहले आप, बिल्लु जस्ता कैयौं फिल्महरुमा गहन अभिनयको माध्यमबाट दर्शकलाई हँसाउन सफल ओम पुरीले यतिबेला उनका फ्यान’ लगायत सिंगो बलिउड जगतलाई रुवाएका छन् । ६६ वर्षिय सुप्रसिद्ध अभिनेता ओम पुरीको शुक्रबार उच्च रक्तचापका कारण निधन भएको खबरले बलिउडदेखि हलिउडसम्म शोकमा डुबेको छ ।

अर्ध सत्य, सद्गति, भवनी भवाई, मिर्च मसाला, और धारावी लगायत थुप्रै सफल फिल्महरुमा काम गरिसकेका पुरीले हलिउडका फिल्ममा समेत अभिनय कौशलता प्रस्तुत गरेका छन् । अधिकांश चलचित्रहरुमा चरित्र अभिनेता तथा निगेटिव रोलको भूमिका पनि निर्वाह गरेका छन् । उनले ‘जाने भी दो यारो’ जस्तो डार्क कॉमिडी देखि आजकलका फिल्महरुमा हाँस्यप्रधान भूमिका निर्वाह गरेका छन् । उनको अन्तिम कमर्शियल ‘घायल वन्स अगेन’ रहेको छ ।

अंबालाको पञ्जावी परिवारमा जन्मिएका पुरी १९९३मा नन्दिता पुरीसँग विवाह गरेका थिए । तर उनको वैवाहिक सम्बन्धलाई दिगो बनाउन सकेनन्, २०१३ सम्बन्ध विच्छेद हुन पुग्यो । उनका एक छोरा इशान पुरी छन् ।

-एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु