रामबाबुले ‘पुरानो डुंगा’ बनाउँदै

म्यूजिक खबर
प्रकाशित: २६ माघ २०७२, मंगलवार

नेपाली फिल्म क्षेत्रमा पछिल्लो समयमा निकै सफल निर्देशकको रुपमा परिचित छन् निर्देशक रामबाबु गुरुङ्ग । उनले निर्देशन गरेका कबड्डी र सिक्वेल फिल्म कबड्डी कबड्डी दुवै फिल्महरुले निकै राम्रो व्यापार गर्नका साथै दर्शकहरुले मन पराएका थिए । दुइवटा फिल्मको निर्देशनबाट पाएको सफलताले हौसिएका गुरुङ्गले अर्को फिल्मको घोषणा गरेका छन् । मण्डला थिएटरमा आयोजित कार्यक्रममा ‘पुरानो डुंगा’ फिल्म निर्माण गर्न लागेको घोषणा गरेका हुन् । उनले निर्देशन गरेका दुवै फिल्मका अभिनेता दयाहाङ राई लाई यस पटक भने प्रियंका कार्की सँग जोडि मिलाई दिएका छन् । सिनेमा आर्ट र माओत्से गुरुङ्ग फिल्मसको प्रस्तुतिमा फिल्म ‘पुरानो डुंगा’ बन्न लागेको हो । तालको किनारमा ढुङ्गा चलाएर जीविकोपार्जन गरीरहेका भक्तबहादुर भुजेलका भाई बतास बहादुरले अंशमा डुंगा लगिदिए पछि परिवारमा आउने समस्या नै ‘पुरानो डुंगा’ फिल्मको मुल कथा रहेको बताएका छन् । डुंगा भन्ने बितिकै खोला नाला, ताल सँग सम्बन्ध राख्ने कथाका लेखक तथा कलाकार माओत्से गुरुङ्ले बताएका छन् ।

rambabu

पुरानो डुंगा’ फिल्म रामबाबु गुङ्गको निर्देशनमा ओम चन्द्र रौनियार, धन बहादुर गुरुङ्ग र रौनक बिक्रम कंडेलले निर्माण गर्ने भएका छन् । रामबाबु गुरुङ्ग र उपेन्द्र सुब्बाको लेखन रहेका उक्त फिल्मको कार्यकारी निर्माताको रुपमा अर्जुन कार्की र बाल्मिकी पोखरेलले समहाल्ने भएका छन् । ध्वनी संयोजन उत्तम न्यौपानेले गर्ने भएका छन् । त्यस्तै गीत संगितमा काली प्रसाद बास्कोटा, सिनेमाटोग्राफिमा शैलेन्द्र दि कार्की, सम्पादनमा निमेश श्रेष्ठ तथा पाश्र्व संगित रोहित शाक्यले गर्ने भएका छन् । फिल्मका निर्देशक रामबाबु गुरुङ्गले राम्रो फिल्म बनाउने र पहिले जस्तै सबैको साथ पाउनेमा आशा राखेका छन् । शैलेन्द्र दि।कार्कीको सिनेमाटोग्राफि रहने फिल्म ‘पुरानो डुंगा’ लाई पोखराको आसपासमा सुटिङ हुने निर्माण पक्षले बताएका छन् । यस फिल्ममा माओत्से गुरुङ्ग, दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान,बुद्धि तामाङ्ग, पुष्कर गुरुङ्ग,धन बहादुर गुरुङ्ग, सजन थापा,नौजङ गुरुङ्ग, विस्वास गुरुङ्ग,पुर्णिमा गुरुङ्ग लगाएतले अभिनय गर्ने भएका छन् ।

purano dunga

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु