रायमाझी प्रवासमा व्यस्त

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७०, मंगलवार

काठमाडौं । यसअघि गोर्खा पल्टन निर्देशन गरेर चर्चा बटुलेका लोकगायक एवं संगीतकार नारायण रायमाझीले अब भने प्रवास चलचित्र निर्माण गर्न लागेका छन् । लोक गायनको क्षेत्रमा उल्लेख्य नाम कमाएका निर्देशक रायमाझीले गोर्खा पल्टनमा इन्डियन आइडियल प्रशान्त तामाङलाई नायकका रुपमा प्रस्तुत गरेर गोर्खा पल्टनलाई सफलताको श्रेणीमा पु¥याएका थिए । रञ्जिता गुरुङ र प्रशान्त तामाङको जोडीलाई खेलाएर गोर्खा  पल्टनबाट राम्रो सफलता हात परेका रायमाझीले लामो समयपछि प्रवास चलचित्र निर्माण एवं निर्देशन गर्न लागेका हुन् ।
नारायण रायमाझीको निर्माण एवं निर्देशन गर्न लागेको चलचित्र प्रवासमा मुभिज डटकमका  राजेश वंशल पनि निर्माताका रुपमा रहेका छन् । चलचित्र प्रवासमा नरेश खड्का, रजनी केसी, प्रविन खनिया, प्रशान्त तामाङ, केशव भट्टराई, हिउँवाला गौतम, आरसी कोइराला, तारा शर्मा, विएस लामिछाने, अनु अधिकारी, शित्तल आचार्य लगायतको अभिनय रहेको छ । चलचित्र प्रवास अहिले पाल्पामा वरिपरिको रमणीय दृश्यमा छायाँकन भइरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु