राष्ट्रियतासँगै ढकाल एकल साँझ

म्यूजिक खबर
प्रकाशित: १९ चैत्र २०७३, शनिबार

चैत १९, काठमाण्डौ । गायक रामकृष्ण ढकालले आफ्नो चौथौ एकल साँझ २०७३ राजधानीमा सम्पन्न गरेका छन् । ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् बोलको गीतबाट गायन सुरु गरेका ढकालले दैव तेरो मायाको खेलले‘, मलाई मेरो जिन्दगीले कहाँ पु¥यायो‘, मन पराउने हजार भेटिन्छन् जस्ता गीत सुनाएर दर्शकको मन जिते ।

ramkrishna
विन्ध्यवासिनी फाउन्डेशनको सहयोगार्थ आयोजना गरिएको उक्त एकल साँझलाई विन्ध्यवासिनी म्यूजिकले आयोजना गरेको थियो । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एकल साँझमा ढकालले करिब दुई दर्जन आफ्ना चर्चित गीत गाए । ढकालको अर्को चर्चित गीत ‘फूल भन्छ फुली रहुँ’ पनि उनले सुनाए । उनलाई यो गीतमा प्रवेशिका अधिकारीले साथ दिइन् ।

ramk dhakal
दुई नयाँ गीत सार्वजनिक गरेका ढकााले म हुरीमा दियो र जानेले त बोलको दुई गीतको भिडियो समेत देखाए । कार्यक्रमको दोस्रो सत्रमा गायक ढकालले आफ्ना १० ओटा गीत सुनाए । यो क्रममा उनलाई अग्रज गायिका देविका बन्दना र नयाँ पुस्ताकी गायिका जुना प्रसाई र प्रविशा अधिकारीले स्वरमा साथ दिए ।

ram_krishna Dhakal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु