राष्ट्रियता र माया प्रेम सँगसँगै सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १८ कार्तिक २०७२, बुधबार

काठमाडौं । सम्झना लामिछाने मगरको राष्ट्रिय भावको गीत ‘चम्पा चमेली’ र मिरा गुरुङको आधुनिक गीत ‘नगमा’ सार्वजनिक भएको छ । वरिष्ठ कवि तथा गीतकार रत्नशमशेर थापाको प्रमुख आतिथ्यता एवं गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको विशेष आतिथ्यतामा उक्त दुई स्रष्टाको गीतको भिडियो एल्बम सार्वजनिक गरिएको हो । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा राजधानीमा एक कार्यक्रमको आयोजना गरी लामिछानेको ‘चम्पा चमेली’ र गुरुङको ‘नगमा’ राष्ट्रियता र माया प्रेम सँगसँगै सार्वजनिक गरिएको हो ।
कार्यक्रममा निर्देशक प्रकाश भट्टले स्वागत मन्तव्य दिँदै व्यवस्थापनको जिम्मा आफूले लिएको हुँदा यो सौभाग्य मिलेको बताएका थिए । उनकै निर्देशनमा तयार भएको दुईवटा गीतको फरक फरक म्यूजिक भिडियोलाई सार्वजनिक गर्ने अवसरमा उपस्थित सबैलाई उनले धन्यवादसमेत दिएका थिए । स्रष्टाहरुले विश्वासका साथ आफूलाई यतिठूलो जिम्मा दिएको बताउँदै उनले गायिका मिरा गुरुङको एल्बमलाई साई भिजन प्रा.लि.मार्फत् प्रकाशनमा ल्याउन पाउँदा खुशी भएको बताएका थिए । त्यस्तै सम्झना लामिछाने मगरको चम्पा चमेलीले एउटा राष्ट्रियता बोकेको हुँदा त्यसको निर्देशन गर्ने अवसर मिलेकोमा पनि गायिका लामिछानेलाई धन्यवाद दिएका थिए ।

champa chameli-nagma (8)
कार्यक्रममा बोल्दै गायक मिलन लामाले नगमा एल्बमलाई आधुनिक गीत गाउन र बनाउन नआउने बताउँदै गायिका मिरा गुरुङ र निर्देशक प्रकाश भट्टको अनुरोधमा नगमा तयार पाएको बताए । आफू संगीतमा नजानेको व्यक्ति भएको हुँदा लोक छवि यो गीतमा देखिएको उल्लेख गरेका थिए । त्यस्तै गायिका सम्झना लामिछाने मगरले भनिन् – आफूलाई राष्ट्रिय भावभएको गीत गाउने रहर जागेको हुँदा गीतकार रमेश बिजी र संगीतकार सुरेश अधिकारीले स्वीकार गरेर मेरो रहर पूरा गरिदिनुभयो । त्यस्तै निर्देशक प्रकाश भट्टले म्यूजिक भिडियो बनाइदिएर राष्ट्रियताप्रतिको गीत रहेछ भन्ने कुराको पूर्णता दिनुभयो म आज धेरै खुशी छु, गायिका लामिछानेले भनिन् ।

champa chameli-nagma (2)
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै गीतकार रमेश बिजीले गायिका लामिछानेको चम्पा चमेलीलाई एउटा प्रयोग गरेको बताए । गीतकार रत्नशमशेरको अगाडि आफू कच्चा भए पनि गायिका लामिछानेको अनुरोधमा यो गीतको शब्द तयार पारेको हुँ, यसले पक्कै पनि केही राष्ट्रिय भावनाभित्र स्रोता दर्शकलाई पु¥याउनेछ बिजीले भने । त्यस्तै संगीतकार सुरेश अधिकारीले गायिका लामिछाने र गीतकार रमेश बिजीको अनुरोधमा चम्पा चमेलीको गीतमा संगीत भर्न पाएको बताए । गायिका लामिछाने पक्कै पनि चम्पा चमेलीजस्तै भएकाले गीतकारले पनि त्यस्तै गीत बनाइदिनुभएछ त्यसमा मैले पनि संगीत भर्न पाए भन्दै खुशी व्यक्त गरेका थिए भने गायिका मिरा गुरुङको नगमा पनि राम्रो बनेको उल्लेख गर्दै शुभकामना दिएका थिए ।

12200812_1204075439619655_82977531_n

त्यसैगरी गायक, संगीतकार एवं निर्देशक नारयाण रायमाझीले विशेष अतिथिको आसनबाट बोल्दै गीतको सम्पूर्ण पक्ष सबल भएको भन्दै गायिका लामिछानेको चम्पा चमेली र गायिका मिरा गुरुङको नगमा सोचभन्दा धेरै राम्रो भएको बताएका थिए । रायमाझीले गायक प्रशान्त तामाङको तर्फबाट पनि गीतहरुको सफलताको शुभकामना दिँदै आगामी दिनमा यी स्रष्टाहरुको सांगीतिक यात्रा अझ सफल होस् भन्ने शुभकामना दिएका थिए ।
त्यसैगरी राष्ट्रिय लोक संचारकर्मी नेपालका निवर्तमान अध्यक्ष गोविन्द गिरीले मुलुकको विषम परिस्थितिमा पनि गीतसंगीतलाई सार्वजनिक गर्न पाउन आफैंमा महत्वपूर्ण क्षण भएको उल्लेख गरेका थिए । गिरीले मुलुकलाई टुक्र्याउने काम भइरहेकोमा अब सियो भएर जोड्ने काम गर्नतर्फ लाग्नुपर्ने अवस्थामा गायिका सम्झना लामिछानेको चम्पाचमेलीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए भने लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले संस्थाका सदस्यद्वय सम्झना लामिछाने मगर र मिलन लामा लोकगीतको क्षेत्रमा राम्रा गायक गायिका भएका कारण पनि यो गीत सोचेजस्तो बनेको बताए । उनीहरुको मेहनत र परिश्रमले गर्दा नै आज चम्पा चमेली र नगमा जस्ता गीतिसंग्रह सार्वजनिक गरिरहने अवसर सबैलाई जुटेको बताएका थिए ।

champa chameli-nagma (9)
त्यस्तै मिरा गुरुङको नगमा आधुनिक गीतको म्यूजिक भिडियोमा अभिनय गरेका अभिनेता धिरेन शाक्यले प्रकाश भट्टको निर्देशनमा आफूले खेलेका जति गीत छन् सबै हिट भएका कारण नगमा पनि हिट हुनेमा विश्वस्त रहेको बताए ।
कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार रत्नशमशेर थापाले लोकदोहोरीको क्षेत्रमा क्रियाशील रहेर पनि आधुनिक गीतमा लाग्नु खुशीको कुरा भएको बताए । त्यस्तै राष्ट्रियता नै धरापमा परिरहेको बेला राष्ट्रिय भावनाको गीत लिएर आएका गायिका सम्झना लामिछाने मगरलाई शुभकामना दिँदै थापाले चम्पाचमेली जस्तै गायिका पनि भएको बताए । उनले आफ्ना विगतका केही कुरा उल्लेख गर्दै राष्ट्रियता जोगाउन सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका थिए ।

champa chameli-nagma (5)
राष्ट्रिय लोक संचारकर्मी नेपालका वरिष्ठ उपाध्यक्ष राम अबिरलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम संस्थाका सचिव हरि दुलालले संचालन गरेका थिए । कार्यक्रममा संगीतकर्मी एवं समाजसेवी पृथ्वी थकाली, गायक प्रशान्त तामाङ, एनआरएन आइसीसी बेल्जियमका नेत्रबहादुर मगर लगायतको उस्थिति रहेको थियो ।
गायिका सम्झना लामिछाने मगरको चम्पाचमेलीमा रमेश बिजीको शब्द, सुरेश अधिकारीको संगीत एवं गायिका लामिछानेकै स्वर रहेको छ भने सम्झना डिजिटलले यसको बजार प्रबद्र्धन गरेको छ । चम्पाचमेलीको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
त्यस्तै गायिका मिरा गुरुङको नगमा आधुनिक गीतमा शब्द संगीत मिलन लामाको रहेको छ । गायिका गुरुङ र गायक मिलन लामाको स्वर रहेको यो गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने साई भिजन प्रा.लि.ले यसको बजार प्रबद्र्धन गरेको छ ।

champa chameli-nagma (1) 12212231_1204075456286320_1051099569_n champa chameli-nagma (4)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु