राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखाको प्रथम अधिवेशन हुँदै !

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७४, सोमबार

पुष २४, जापान । नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रका कलाकर्मी हरूको साझा संगठन रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अन्तरगत स्थापित जापान शाखाको प्रथम अधिबेशन आगमी जनवरी २८ तारिक जापानको टोकियोमा आयोजना गरिएको छ ।

जापानमा रहेर नेपाली लोक दोहोरी संगीत क्षेत्रका बिभिन्न बिधामा कृयासिल कलाकर्मी हरूलाई एउटै छाता मुनी समेटी नेपाली लोक संगीतको प्रचार प्रसार, संरक्षण र प्रबन्धनको लागी काम गर्दै नेपाली कला र कलाकारको हकहित र संरक्षणमा लाग्ने उद्देश्यका साथ जापानमा रहेका सक्रिय कलाकारहरु को भेलाले गत सेक्टेम्बर १० तारीक कामता स्थित खुशीबजार मा चर्चित लोक तथा दोहोरी गायक युवराज आचार्यको संयोजकत्वमा तदर्थ समिती गठन गरेको थियो।

साथै उक्त भेलाले चर्चित गायक एवं संगितकार रामकृष्णबम मल्ल को संयोजकत्व मा निर्वाचन समिती, साहित्यकार पिताम्बर चापागाई (पदमपानी)को संयोजकत्व मा बिधान मस्यौदा समीती, कोषाध्यक्ष ऋषीराम कंडेलको संयोजकत्वमा आर्थिक ब्यबस्थापन समीती सहित अन्य बिभिन्न उपसमीतीहरु गठन गरी कार्यबिभाजन पनी गरिएको छ।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल का बरिष्ठ उपाध्यक्ष एवं बिदेश बिभाग प्रमुख चर्चित सर्जक रमेश बि जी को उपस्थितीमा बृहत सांगितिक प्रस्तुती हरु संगै हुन लागेको अधिवेशन को लागी केन्द्रसंगको समन्तवय एवं अन्य तयारी पुरा गरिसकिएको पनी निर्वाचन समितिका संयोजक मल्ल ले जानकारी गराउनु भयो।

लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको अधिवेशन तपशिल बमोजिम हुनलागेकोले सम्पुर्ण जापानमा रहनुहुने लोक संगितकर्मी तथा लोकगीत संगितप्रेमीहरु सबैलाई उपस्थीतीको लागी पनी प्रतिष्ठान को तर्फबाट हार्दिक अनुरोध गरेको छ।
तपशिल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु