राहदानी युनिटद्धारा ३० क्विन्टल चामल बितरण

म्यूजिक खबर
प्रकाशित: २२ बैशाख २०७२, मंगलवार

काठमाडौं । चलचित्र ‘राहदानी’को निर्माण पक्षले सोमबार धादिङ छत्रदेउराली गाबिर स्थित वडा नम्बर ८ र ९ मा भूकम्प पीडित करिब एक सय भन्दा बढी परिवारलाई राहत वितरण गरेको छ । यी आफन्त गुमाएका र घर भत्किएका परिवारलाई प्रति परिवार एक बोरा (३० केजी)का दरले चामल वितरण गरिएको हो ।
सो क्षेत्रमा यस अघि ‘ड्राई फुड’ रहत पुगेकाले आफुहरुले ३० क्विन्टल चामल वितरण गरेको राहदानीका प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले जानकारी गराए । निर्माण सहयोगी क्षमता ढकाल (बेलायत), ममता ढकाल (अमेरिका)को सहयोगमा सो राहत प्रदान गरिएको हो ।
राहदानीका तर्फबाट निर्माताहरु चण्डी श्रेष्ठ, सुष्मा ढकाल, कृष्ण चन्द्र झा, लेखक निर्देशक डब्बु क्षत्री, एनिमेटर सुलभ ढकाल, कलाकार नविन लम्साल, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विधा कार्की, दिनेश दुलाल तथा हेमा मानन्धरले छत्रदेउराली पुगेर राहत वितरण गरेका हुन् ।
ती दुई वडामा भुकम्पमा परेर पाँच जनाले ज्यान गुमाएको, एक सय भन्दा बढी घर भत्किएको र करिब ३५ जना घाईते भएकाले सो क्षेत्रमा रहत वितरण गरिएको निर्देशक क्षत्रीले जानकारी गराए । चलचित्र राहदानी आगामी २९ जेठमा सर्वजनिक गरिने पनि निर्देशक क्षत्रीले जानकारी गराए ।

rahadani (1) rahadani (6) rahadani (4) rahadani (2) rahadani (3)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु