‘रिफ्युजी’ माघमा आउने

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७२, बिहीबार

काठमाडौं । नेपाली मूलका भुटानीहरुलाई भूटान सरकारले लखेटेको अढाई दशक पुगिसकेको छ । विभिन्न बहानामा स्थानिय सरकारले दिएको पिडाबाट नेपाल छिरेर शरणार्थी बन्न बाध्य भएका भुटानी शरणार्थीहरुको समस्या पनि अनगिन्ति पाइएका छन् । शरणार्थीहरुले भोग्दै आएका सम्पूर्ण समस्याहरुलाई अब चलचित्र मार्फत हेर्न पाइने भएको छ ।  पूर्वि नेपालको झापा र मोरङको विभिन्न सिविरमा बस्दै आएका शरणार्थीहरुको समस्यालाई समेटेर निर्देशक उदय सुब्बाले चलचित्र ‘‘रिफ्युजी’ निर्माण गरेका छन् ।
बुधबार राजधानीमा पत्रकार भेटघाट आयोजना गरेर निर्देशक सुब्बाले चलचित्र ‘रिफ्यजीको सम्पूर्ण निर्माण कार्य सकिएको बताए । चलचित्र १५ माघबाट राजधानी तथा मोफसलका हलबाट प्रदर्शनीमा आउने भएको छ । नेपालबाट तेस्रो मुलुक गएका करिब एक लाख भुटानी शरणार्थी र आफ्नो देश फर्कने आशामा झापा र मोरङको सिविरमा रहेका २७ हजार भुटानी शरणार्थीका समस्या यो चलचित्रमा समेटिएको निर्देशक सुब्बाले जानकारी गराएका थिए । आगामी जनवरीको पहिलो सातादेखि अमेरिका त्यसपछि बेल्जियम, क्यानाडा र अष्ट्रेलियामा प्रदर्शन गरिने पनि कार्यक्रममा उनले बताए । केही दृष्य काटेपछि यो चलचित्रलाई सेन्सर बोर्डले ‘युनिभर्सल प्रमाणपत्र दिएको छ ।
चलचित्रको बिषय बस्तु एवं कथा सशक्त भएकाले आफुले लगानी गरेका निर्माता दिपेश सुब्बाले सञ्चारकर्मीलाई बताए । यसका अर्का निर्माता मनोज राई हुन् । चलचित्रमा सौरभ लामाको छायाँकन, राजु किरातीको द्धन्द्ध निर्देशन, दिनेश पाख्रिनको नृत्य निर्देशन, तारा थापा किम्लेको सम्पादन , विकाश चौधरीको सँगीत, डब्बु क्षत्री र उदय सुब्बाको गीत रहेको छ । जसमा जीवन लुईटेल अभिनेताका रुपमा छन् भने उनको अपोजिटमा रिस्ता बस्नेतले अभिनय गरेकी छिन् । त्यस्तै चलचित्रमा नीर शाह, , अशोक शर्मा, बिपना बस्नेत, सुरबीर पण्डित, मोहन निरौला, भूपेन्द्र लिङदेन लगायतको अभिनय छ ।

refugee film

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु