रिलिज अगावै २ रुपैयाँको ‘कुटुमा कुटु’लाई २ करोड दर्शक

म्यूजिक खबर
प्रकाशित: १८ भाद्र २०७४, आईतवार

भाद्र १८, काठमाडौं । भाद्र २३ बाट प्रर्दशन हुने चलचित्र २ रुपैयाँको ‘कुटुमा कुटु’ बोलको गीतले प्रर्दशन अगाबै र सबै भन्दा छोटो समयमा २ करोड भ्यु पाएर नयाँ रेकर्ड कायम गरेको छ । योसंगै चलचित्रको खातामा एउटा नयाँ रेकर्ड थपिएको छ । हुन त चलचित्रको खातामा सबै भन्दा छिटो १ करोड भ्यु पुग्ने गीत, २४ घण्टामा सबै भन्दा धेरै पटक हेरिने ट्रेलरलगायतको रेकर्ड छदैछ ।

राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर रहेको गीतमा मेलिना राई र राजन इसानले साथ दिएका छन् । चलचित्रलाई असीम शाहले निर्देशन गरेका हुन् भने निश्चल बस्नेत,असिफ शाह, बुद्धि तामाङ, बिशारत बस्नेत लगायतको चलत्रिचमा मुख्य भूमिका रहेको छ । ‘दुई रुपैयाँ’ भदौ २३ मा रिलिज हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु