रुवाउँदै, चर्चा बटुल्दै ८ वर्षे निर्देशक

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७१, आईतवार

काठमाडौं । ८ वर्षका निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘लभ यू बाबा’ले यतिखेर नेपाली दर्शकहरुलाई रुवाइरहेको छ । चलचित्रको प्रिमियर शोमा धेरै दर्शकहरुलाई रुवाइसकेको यो चलचित्रले पुनः शुक्रबाट रिलिजमा गएपछि धेरै दर्शकहरुलाई रुवाएको छ । विश्वकै कान्छो निर्देशकका रुपमा गिनिज बुक वल्र्ड अफ रेकर्डस् राख्ने क्रममा रहेका सौगात निर्देशन गरेको चलचित्रमा के नै होला र भन्ने सोचेका दर्शकहरुलाई रुवाउन सफल भएको छ ।
लामो समयदेखि मिडियामा ८ बर्षका निर्देशक भनेर चर्चा पाइरहेका सौगात बिष्टप्रति धेरैको विभिन्न खालका टिप्पणी भए पनि चलचित्रले सफलतातर्फ उन्मुख भएको बताइएको छ । चलचित्रमा सौगातले राम्रो काम गरेको र अर्कोतिर बच्चामा भएको प्रतिभालाई पनि स्थान दिनुपर्छ भन्ने सन्देश दिएको अभिनेता गजित विष्टले बताए । विष्टले हेर्दा पारिवारिक लागे पनि सन्देशपूर्ण रहेकोले चलचित्र हेर्ने दर्शकहरुको भीड लागेको बताएका छन् । एउटा परिवारमा बाबु र छोरी बीचको माया ममता र जिम्मेवारीको कथा लभ यू बाबा हो । चलचित्रमा सौगातकी दिदी संगम विष्ट, बाबु गजित विष्टको मुख्य भूमिका रहेको छ । त्यस्तै निश्मा घिमिरे, अशिश्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई कोरियोग्राफरका रुपमा चर्चित रहेका गम्भीर विष्टले लेखेका हुन् ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु