रेखा अमेरिकाबाट सोझै पशुपतिमा

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७२, मंगलवार

काठमाडौं । साउन महिना त्यो पनि सोमबार आराध्यदेब शिबको प्रार्थना गर्ने विशेष दिन मानिन्छ । हरेक हिन्दु नेपाली नारीहरु यो दिन आफ्नो नजिकको शिवालयमा गएर शिबको पुरा आराधना गर्दछन् । साउने सोमबारको दिन पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको घुइँचो हुनु नौलो कुरा होइन । यस्तै भिडको बिचमा नेपालकी चर्चित अनि लोकप्रिय नायिक रेखा थापा पनि सोमबार पशुपतिनाथको पुजा आराधनामा सरिक भइन् । उनि झण्डै डेढ महिनाको अमेरिका बसाइलाई ब्रेक गरेर नेपाल आएकी हुन् । उनले त्रिभुवन विमानस्थलबाट सोझै पशुपतिको दर्शनका लागि पाइला चालेकी हुन् । । ‘सोमबारको दिन म जन्मभूमिका अवतरण गरेकी छु’ उनले भनेकी छिन ‘नेपाल उत्रने वितिकै सिधै पशुपति नाथको दर्शन गर्न गएँ ।’ उनलाई पुजारीले माला लगाइदिएर स्वागत गरेका थिए । यद्यपी चर्चित नायिका थापालाई पूजाका लागि लाइन बस्नु परेको थिएन । उक्त सहजका लागि आफूले पशुपतिनाथ मन्दिरका पुजारी र सुरक्षाकर्मीलाई धन्यवाद समेत दिएको बताइन् ।

rekha thapa_music
अमेरिकामा रहँदा देशको सम्झनाले आफू बढी नै पिरलीएको र डेढ महिनासम्म एक दिन पनि नेपाल र नेपालीलाई मिस नगरी बस्न नसकेको उनि भन्छिन् । अमेरिकाको विकासले त झन् मलाई आफ्नो देशको मायाले उकुसमुकुस बनायो, समय अनुकुल रहेसम्म र जीवनले साथ दिएसम्म आफ्नो मातृभूमिका लागी केहि गर्ने उदेश्य रहेको पनि उनले बताइन् । विदेशको रमझम र चिल्लो बाटो भन्दा देशकै भत्किएको बाटोको यादले बढी सताउने गरेको स्मरण गर्दै रेखाले भनिन् ‘अमेरिकाको विकासमा जति बसें, त्यति नै इर्ष्या जाग्यो । आफ्नो मातृभुमि नेपाल यस्तै विकसीत देश कहिले बन्ला भन्ने चिन्तनले मन पोलीरह्यो ।’ अब रेखा फाउण्डेशनलाई सक्रिय समाजसेवामा केन्द्रित गराउनमा र अन्य नियमित काममा आफूले बढी समय खटिनुपर्ने बताइन् । रेखा फिल्म्सको ब्यानरमा बन्न लागेको चलचित्र रामप्यारीको लागि पनि व्यस्त हुनुपर्ने उनले बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु