रेखा र विकासको चुनौती, स्टारडम भर्सेज ब्राण्ड

म्यूजिक खबर
प्रकाशित: २६ चैत्र २०७२, शुक्रबार

शुक्रबारबाट नेपाली रजतपटमा २ स्तरिय नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । एक तर्फ स्टारडम रहेकी अभिनेत्री रेखा थापाको ‘रामप्यारी’ रहेको छ भने अर्काे तर्फ ब्राण्डेड नाम रहेको विकासराज आचार्यको ‘नाइँ नभन्नु ल ४’ रहेको छ । यतिबेला उक्त चलचित्रहरुलाई ब्राण्डविरुद्ध स्टारडमको भिडन्तको रूपमा हेरिएको छ ।
स्टार अभिनेत्री रेखा थापाको पछिल्ला होम प्रोडक्सन ‘काली’, ‘हिम्मतवाली’, निकै सफलता हातपारेका चलचित्र हुन् । झन् यतिबेला ‘रामप्यारी’ मा रेखा डबल डोजका साथ दर्शकमाझ उत्रिँएकी छिन् । रेखाकै निर्माण तथा सबिर श्रेष्ठको निर्देशन रहेको उक्त चलचित्र ५५ बढि पर्दामा एकसाथ रिलिज भएको छ । टेम्पो चालक र प्रेमिका गरी दोहोरो चरित्र निभाएकी रेखासँगै यस चलचित्रमा आभाष अदिकारी, आश्मा डिसीको मुख्य भुमिका रहेको छ । चलचित्रले टेम्पो चलाएर सामान्य जीवनयापन गरिरहेकी एक महिला टेम्पो ड्राईभरको कथा बोकेको छ ।
उता विकासराज आचार्य निर्देशित ’नाई नभन्नु ल’ को चौथो सिक्वेल ब्राण्ड नाम कै कारण चर्चामा छ । यो चलचित्रमा म्युजिक भिडियोमा खारिएका पल शाह, बर्षा राउतसँगै चर्चित अभिनेत्री प्रियंका कार्की, अनुभव रेग्मी, आँचल शर्मा, सरोज खनाल लगायत अभिनयमा छन् । चलचित्र सिंगल थियटरसँगै मल्टिप्लेक्स दर्शकको लागी बढि प्राथमिकता हुनेछ । फिल्म रिलिज अगावै वितरकबाट ८५ लाख रुपैयाँ ‘मिनिमम ग्यारेन्टी’ पाइसकेको ‘नाइँ नभन्नु ल ४’ का यस पटक पनि दुइटा गीत लोकप्रिय भइसकेका छन् । ‘मैना राजा मैना रानी…’ र ‘चिया कफी…’ गीतले युट्युब हिट गरिसकेका छन् ।

nai nabhannu la 4 vs rampyari
यसैगरि नयाँ बर्ष २०७३को छेकोमा प्रदर्शनमा आएका दुबै चलिचत्र दर्शकको रोजाईमा पर्ने अनुमान गरिएको छ । रेखा थापाको स्टार पावरले कुनै पनि चलचित्रको सफलताको पहिलो हतियार बनेका उदाहरण र ’नाई नभन्नु ल’ ब्राण्डले बोकेको महत्वले दुबै चलचित्रमा दर्शक तान्ने सामर्थय रहेको विश्लेषण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु