रेखा विवाहको तीन महिना पछि नै श्रीमानबाट टाढा भइन्, झट्का सहन नसकेर श्रीमानद्वारा आत्महत्या

म्यूजिक खबर
प्रकाशित: २२ भाद्र २०७३, बुधबार

rekha.bollywood

बलिउडकी निकै चर्चित एवं विवादास्पद नायिकामध्येकी एक रेखाको केहि दिन अघि आत्मवृतान्त सार्वजनिक भएको छ । ‘रेखाः द अनटोल्ड स्टोरी’ मा रेखाको जीवनको विभिन्न पाटोबारे खुलासा गरिएको छ विशेष गरी उनको वैवाहिक जीवनबारे ।

यासेर उस्मानको यो किताबमा रेखाले आफ्नो श्रीमानसँग दुरी बनाउनुको कारण समेत बताइएको छ । विवाह भएको वर्षदिन नबित्दै रेखाका श्रीमान मुकेशले मृत्यलाई अंगालेका थिए । यतिमात्र होइन, मुकेशलाई मृत्युको मुखमा पुर्याउन रेखाकै हात भएकोसमेत बताउने गरिएको छ ।

सार्वजनिक गरिउको उक्त किताब अनुसार रेखाले दिल्लीका व्यवसायी मुकेश अग्रवालसँग विवाह गरेकी थिइन् । विवाह पछि यी दुबै लण्डन गए । विवाहको सुरुवाती दिन निकै राम्रा बिते । किनभने मुकेश र रेखा पहिलो पटक एकअर्कासँग समय बिताइरहेका थिए । तर एक हप्ताभित्रै रेखालाई आफ्नो श्रीमान् आफूभन्दा निकै फरक भएको आभाष भयो । मुकेशले एक दिनमा थुप्रै औषधीहरु खाने गर्दथे, रेखाका लागि यो पनि समस्याको रुपमा खडा भयो । उनीहरुको विवाह भइसकेको थियो , अब जिन्दगीभर सँगै बस्नुपर्ने भन्दै रेखाले बिस्तारै बिस्तारै यी कुराहरुको नजरअन्दाज गर्न थालिन् ।

रेखा मनमनै सोच्दथिन्, ‘मैले यो व्यक्तिलाई सफल बनाउनु छ । के रेखाले चाहेमा यसो गर्न सक्दिनँ र ?’ लण्डनमा यी दुबै एक हप्ता भन्दा बढि बसे । यहि क्रममा रेखालाई यो आभाष भइसकेको थियो कि मुकेशलाई सधैं तनावमा रहिरहनुको कारण केही न केही छ ।

विवाहको तीन महिनासम्म सबै कुरा ठिक नभएपनि केही कुरा चित्तबुझाउने खालका थिए । तर त्यसको तीन महिनापछि उनीहरुको वैवाहिक जीवन निकै भयावह लाग्यो । रेखाले स्थितीलाई बुझ्नको लागि केही समय निकालिन् तर जब उनले यो स्थितीलाई बुझेर सल्टाउने स्थिती नदेखेपछि रेखाले मुकेश र उनको परिवारसँग दुरी बढाउन सुरु गरिन् । यति मात्र होइन, रेखाले मुकेशको फोन समेत उठाउन बन्द गरिन् । डिप्रेशनका रोगी मुकेशका लागि यो एउटा झट्काभन्दा कम थिएन । थुप्रै मिडियाले मुकेश र रेखाको सम्बन्धबारे समाचार प्रकाशित गर्न थाल्यो । पछि एक दिन मुकेशले आफ्नो बेडरुममा सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरे ।

जब रेखाको पोस्टरमा कालो मोसो दलियोः

सन् १९९० मा रेखा र जितेन्द्र स्टारर फिल्म ‘शेषनाग’ रिलिज भयो । फिल्मको रिलिज भएको केहि दिन पछि मुकेश अग्रवालको मृत्यु चर्चामा रह्यो । यही क्रममा मानिसहरुले ‘शेषनाग’ को पोस्टरमा रेखाको अनुहारमा कालो मोसो पोत्न सुरु गरे । कुनै ठाउँमा उनको पोष्टरमा गोबर पनि फ्याकिँयो । उनको छवीलाई खराब गर्न पूरा कोसिस गरियो ।

मिडियामा मुकेशको आत्महत्याको घटनामाथि आपत्तिजनक हेडलाइन दिइयो । मसलन, शोटाइम म्यागजिनको नोभेम्बर १९९० को अंकमा ‘द ब्ल्याक विडो’ शीर्षक दिइयो भने सिने ब्लिट्जले हेडलाइन दियो, ‘द म्याकब्रे ट्रुथ बहाइन्ड मुकेश सुसाइड’ ।

रिसाएका अनिल गुप्ताले त्यतिबेला भनेका थिए, ‘मेरो भाइले रेखासँग साँचो प्रेम गरेको थियो । उनको लागि कि प्रेम गर कि मर भन्ने स्थिती थियो । रेखाले जुन व्यवहार उनीसँग गरेकी थिइन्, त्यसलाई उनले नजरअन्दाज गर्न सक्दैनथे । अब उनी के चाहन्छिन् । के अब उनलाई हाम्रो पैसा चाहिएको छ ?’ यसैगरी आकाश बजाजले भनेका थिए, ‘म मुकेशको मृत्युले निकै रिसाएकी छु र मलाई ती व्यक्तिसँग निकै रिस उठेको छ, जसको कारण यो घटना भयो । आखिर उनले किन यस्तो गरिन्, म उनलाई प्रश्न गर्न चाहन्छु ।’

रातोपाटीबाट

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु