लघु चलचित्र महोत्सवमा नेपालबाट ‘द मिरर’ र ‘चौकठि’

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७१, शुक्रबार

काठमाडौं । बंगलादेशको आयोजना हुने ‘अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव’मा नेपालका तर्फबाट दुई चलचित्र सहभागि भएका छन् । ढाकाको शिल्पकला एकेडेमीमा आज र भोली स्क्रिनिङ् हुने नेपाली चलचित्रहरुमा ुद मिररु र ुचौकठिु रहेका छन् । उक्त महोत्सवको उद्घाटनमा बंगलादेशका सञ्चारमन्त्रीको सहभागिता रहने जनाईएको छ ।
बंगलादेशको Dheki Projozona ले आयोजना गरेको उक्त महोत्सवमा नेपालको लागि नेपाली कला सँसकृति झल्किने लघु चलचित्रहरुको माग भएको थियो । नेपाली राजदुतावास ढाकाबाट परराष्ट्र मन्त्रालय हुँदै चलचित्र विकास बोर्डसम्म चलचित्र मागपत्र आईपुगेको थियो ।
सहभागिताका लागि ५ मिनेट देखी ३० मिनेट सम्मका लघु चलचित्रहरु माग भएको थियो । समय धेरै बाँकी नरहेकोले उपलब्ध दुई चलचित्र मात्र उक्त महोत्सवमा पठाउन सकिएको चलचित्र विकास बोर्डका सुचना अधिकृत आनन्द घिमिरेले बताए ।
गोपाल चन्द्र लामिछाने निर्देशित ुद मिररु ग्रामिण महिलाको दिनचर्या कथामा बनेको ६ मिनेट ५५ सेकेण्ड लामो चलचित्र हो । पपुलर मल्टिमियाको ब्यानरमा शक्तिबल्लभ घोरासैनीले बनाएको उक्त लघु चलचित्रमा भगवती अधिकारी, मुस्कान केसी (बाल कलाकार) र लक्ष्मण शेषको अभिनय छ ।
दिपक रौनियार निर्देशित ‘चौकठि’ १८ मिनेट लामो छ । चौकठले प्रगतिवादी विषयलार्इ महिलाका पक्षबाट उठाएको छ ।  उक्त चलचित्रमा रञ्झु झा (जनकपुर बम काण्डमा मारिएकी), घनश्याम मिश्र र आशा मगरातीको अभिनय रहेको छ ।
chaukathi

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु