लभ यू बाबा जापानमा

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७२, सोमबार

काठमाडौं । विश्वकै सबैभन्दा कान्छा निर्देशक सौगात बिष्टद्वारा निर्देशित चलचित्र ‘लभ यु बाबा’ जापानमा प्रदर्शन हुने भएको छ । लभ यू बाबा जापानको शिनोकुबो फिल्म फेस्टिभलमा छानिएको छ ।

saugat bista youngest director
चलचित्र अगस्ट महिनाको १६ तथा २० तारिखमा प्रदर्शन हुने चलचित्रका अभिनेता तथा निर्माता गजित बिस्टले जानकारी गराए । चलचित्रलाई जापानिज भाषामा नै सबटाइटल गरिएको छ । फेस्टिभल अगस्ट १५ बाट सुरु हुनेछ ।
फेस्टिभलमा १७ देशका चलचित्र प्रदर्शन गरिने छ । फेस्टिभलमा कोरियन, जापानिज,चाइनिज, सिंगापुर, थाईल्याण्ड, बेल्जियन फिल्महरुको पनि सहभागिता रहनेछ । नेपालबाट ‘लभ यु बाबा’ सँगै भोजराज भाटको निर्देशन रहेको ‘सुनाकली’ प्रदर्शन हुनेछ ।
चलचित्र लभ यू बाबाको निर्देशन पछि सौगातले आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा विश्वका कान्छा निर्देशकको रुपमा लेखाउन सफल भएका थिए । नेपालबाट निर्देशक सौगातसँगै निर्माता सम्झना पोखरेल फेस्टिभलमा सहभागिता जनाउन जापाने जाने गजितले बताए ।

love-u-baba1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु