लाउनेले नजर लाएपछि विन्दुलाई गाह्रो

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७४, शनिबार

१ पुष, काठमाडौं । चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु…’ लोकप्रिय गीतकी गायिका विन्दुलाई कसैले नजर लाएपछि बजारमा झन् चर्चा चुलिएको छ । लाउनेले नजर लाएपछि बिन्दुलाई गाह्रो स्वाभाविक नै हो ।

सांगीतिक कार्यक्रमहरुमा समेत सक्रिय भैरहेकी उनै गायिका बिन्दु परियारको स्वरमा एउटा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘लाउनेले नजर लगाए…’ शीर्षकको यो यूगल गीतमा गायिका बिन्दु परियारलाई संगीतकार तथा गायक आशिष अविरलले गायनमा साथ दिएका छन् । आशिष अविरलकै संगीत निर्देशनको यो गीतका शब्दहरु एकनारायण भण्डारीले रचना गरेका हुन् । यो गीत गायिका परियारको एकल एल्बम ‘नजर मात्र’ मा समावेश गरिने छ ।

अर्जुन अधिकारीको निर्देशनमा तयार भएको उक्त गीतको नृत्यपरक म्युजिक भिडियोमा अहिलेकै व्यस्त अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ । भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाईजका नृत्यकारहरुले आकर्षक नृत्यसहित साथ दिएका छन् । यो भिडियोमा भिमफेदी गाईजकै कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु