लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति

म्यूजिक खबर
प्रकाशित: ४ आश्विन २०७२, सोमबार

चितवन । रङ पत्रकारितामा संलग्न पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ चितवन शाखाको आज भएको अधिवेशनबाट राजकुमार लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । केहि समय अघि केन्द्रले नै असोज २ गतेका लागि विशेष अधिवेशनको डेट तोकेको थियो ।

chitwan  2

संघका अध्यक्ष शान्तिप्रिय तथा निर्वाचन केन्द्रीय प्रतिनिधि संघका उपाध्यक्ष विष्णुप्रसाद सुवेदी विशेष आतिथ्यता र संयोजक मनोज पन्तको अध्यक्षतामा भएको अधिवेशनबाट अध्यक्ष लामिछाने सहित उपाध्यक्षमा केशव लोहनी, सचिवमा महेश पाण्डे, सह सचिवमा आन्नद पोखरेल, कोषाध्यक्षमा हरि कार्की लक्की, सदस्यहरुमा ओमकार अर्याल, रामु आचार्य, अनिल भट्टराई, लक्ष्मी पौडेल, गीता गुरुङ, दीपक मिश्रको कार्यसमिति बनेको हो । साथै यसै अधिवेशनले शाखा संरक्षकमा अधिवेशन संयोजक पन्तलाई समेत चयन गरेको छ ।

chitwan

२ बर्षे कार्यकाल हुने या कार्यसमितिलाई नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष तीर्थ नेपाल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष शान्ता अधिकारी, स्वतन्त्र पत्रकार संघका अध्यक्ष सुर्यप्रकाश कंडेल लगायतले सफल कार्यकालको शुभकामना दिदै नव निर्वा्चित कार्यसमितिलाई बधाई दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु