लामिछानेलाई संगीतकारको १५ हजार १ सय ११ सहयोग, एक वर्षसम्मको औषधी खर्च दिने

म्यूजिक खबर
प्रकाशित: २७ श्रावण २०७३, बिहीबार

मङ्सिर २३, काठमाडौं । घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर ,गाई त बाध्ने पाटको दाम्लो , बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु ,पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर जस्ता चर्चित गीतका गायक तथा संकलक बुद्धिकृष्ण लामिछानेलाई संगीतकार संघ नेपालको संगीतकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग गरिएको छ । लामिछानेलाई उनकै निवास नगरकोट नगरपालिका बागेश्वरी पुगेर नगद १५ हजार १ सय ११ हस्तान्तरण गरिएको हो । संगीतकार संघका पदाधिकारी र पत्रकारको उपस्थितिमा लामिछानेलाई सहयोग रकम हस्तान्तरण गर्दै संघका अध्यक्ष लक्ष्मण शेषले उनले प्रयोग गर्दै आएको औषधीको एक बर्ष सम्मको खर्च संघले जुटाउने प्रतिबद्धता ब्यक्त गरे ।

buddhikrishna-lamichhane

उच्च रक्तचाप र मधुमेहबाट दाहिने भाग प्यारालाइसिस हुँदा लामिछाने घर बाहिर निस्कन सकेका छैन । बिगत दश बर्षदेखी बिरामी परेका भएका उनले मासिक झण्डै १० हजारको औषधी सेवन गर्नु पर्ने लामिछानेको परिवारले जानकारी दिएको छ । संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा देश बिदेशबाट रकम जम्मा हुदै गर्दा एउटा श्रष्टाको औषधी खर्च जुटाउन सक्ने हिम्मत मिलेको अध्यक्ष शेषले बताए ।

आर्थिक अवस्थाका कारण उपचारमा कठिनाइ भएको स्वास्थ्य समस्या दिनानुदिन जटिल बन्दै गएको परिवारका सदस्यको भनाई छ । २०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस वडा नं ३ मा किसान परिवारमा जन्मेका लामिछानेले लोक गायकको रुपमा लामो समय सम्म रेडियो नेपालमा योगदान दिएका छ । उनले हिजो आजका कुरा, तितो सत्य लगायतका नेपाली टेलिश्रृंखलाहरुमा पनि अतिथी भूमिका निर्वाहसमेत गरेका छन् ।

संगीतकर्मी कल्याणकारी कोषका तर्फबाट सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रममा संगीतकार संघका उपाध्यक्ष आलोक महासचिव महेश खडका, कोषाध्यक्ष हरी लम्साल, सदस्य पारस मुकारुङ, मिलन मोक्तान, संघका कानुनी सल्लाहकार एबं गीतकार राम भटटराई, संघका प्रेस सल्लाहकार एबं गीतकार लोकराज अधिकारी र पत्रकार सिताराम बडालको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु