लोकसंगीत महोत्सवमा मारुनी

म्यूजिक खबर
प्रकाशित: ११ मंसिर २०७०, मंगलवार

काठमाडौं । काठमाडौंको कालिकास्थानको सर्वनाम थिएटरमा सम्पन्न भएको ‘तेस्रो अन्तराष्ट्रिय लोक संगीत फिल्म महोत्सव’ चलचित्र राहदानीले आफ्नो मारुनी नृत्य प्रस्तुत गरेको छ । महोत्सबका लािग चयन भएको नेपाल सहित विभिन्न देशका लोकसँगीत समेटिएका ३२ चलचित्र, बृत्तचित्र एवँ गीतिदृष्य (म्युजिक भिडियो) प्रदर्शन गरिएका थियो । सो महोत्सबका लागि सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित चलचित्र राहदानीको मारुनी गीत पनि चयन भएको थियो । महोत्सको तेस्रो दिन आईतबारको दोस्रो शोमा सो मारुनी प्रदर्शन गरियो ।
‘नेपाली चलचित्रमा मौलिक लोकसँगीत एवँ नृत्यले स्थान पाउन छाडेको बेला चलचित्र राहदानीमा मारुनी पूर्वेली मौलिक लोक नृत्य एँव भाका समेटिएको रहेछ । सोही कारण यो गीति दृष्यलाई महोत्सबमा चयनसँगै प्रदर्शन गरिएको हो ।’ महोत्सबका अध्यक्ष रामप्रसाद कँडेलले कार्यक्रममा प्रकाश पारे ।
लक्ष्मीप्रसाद ढकालको प्रस्तुति रहेको चलचित्र राहदानीको यो गीतको रिलिज गत १४ कात्तिकमा गरिएको थियो । डा. गोबिन्द कुसुमले लेखेको साउनको ठुलो झरी…बोलको यो मारुनीमा बसन्त सापकोटाको सँगीत थियो । निशा देशारको स्वरमा रहेको यो मारुनीको नृत्य निर्देशन राजु शाहले गरेका थिए । जसमा राहदानीका प्रमुख कलाकारले नृत्य गरेका छन् । चलचित्र राहदानीको रिलिज आउँदो २८ चैतमा गरिने निर्माण पक्षको कथन छ ।

rahadani-2
‘‘तेस्रो अन्तराष्ट्रिय लोक संगीत फिल्म महोत्सव’ सम्पन्न भएको छ । महोत्सबमा सहभागी ३२ चलचित्र, बृत्तचित्र एवँ म्युजिक भिडियो मध्यबाट सर्वोत्कृष्ट लामो सिनेमाको अवार्ड फिलिपिनो बृत्तचित्र ‘मारानो कल्चर एट होम एन्ड इन डायस्पोरा’ले जितेको छ । जापानी निर्देशक तेरादा योसिताका र उसोपाएँ काडरले यो बृत्तचित्रको निर्देशन गरेका हुन् । यस्तै सर्वोत्कृष्ट छोटा बृत्तचित्रको अवार्ड हेलेन ग्राहम निर्देशित स्कटिस बृत्तचित्र ‘लुहाड’ले जितेको छ ।
सान्त्वना तर्फको अवार्ड लामो बृत्तचित्रबाट अस्ट्रेलियन बृत्तचित्र ‘लारिकिन लाड’ले पायो । यो बृत्तचित्रको निर्देशन रिबेल पोफोल्ड–रुसेल र पेट फिस्कले गरेका हुन् । छोटो बृत्तचित्र तर्फको सान्त्वना अवार्ड गत असारमा आएको बाढीबाट पीडित दार्चुलाबासीको व्यथा समेटिएको गीति भिडियो ‘चरी लैजा समाचार’ले पायो । यो बृत्तचित्रको निर्देशन अञ्जानबाबु शर्माले गरेका हुन् ।
महोत्सबमा एशियन म्यूजिक सर्किट, लण्डनका फील्म निर्माता तथा अनुसन्धानकर्ता विराम जसानी, टाटा इनिस्टिच्यूट अफ सोसल साईन्स मुम्वाईका डिन प्रा. अंजली मोन्टोरियो, भारतकै के.पी. जयशंकर र नेपालका लोक संगीत अनुसंधानकर्ता एवँ चलचित्र निर्देशक जयनन्दन लामा सहित ४ जना निर्णायक थिए । महोत्सबमा गायिका लोचन भट्टराईलाई यस वर्षको लोकसँगीत लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरियो । महोत्सबको आयोजना लोकबाजा सँग्रहालयले गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु