लोग्ने मान्छेलाई यू सर्टिफिकेट

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७१, बिहीबार

काठमाडौं । माघ २३ लाई रिलिज डेट तय गरेको चलचित्र लोग्ने मान्छेलाई यू सर्टिफिकेट मिलेको छ । लय संग्रौलाको निर्देशन रहेको चलचित्र लोग्ने मान्छेमा चलचित्र उद्योगबाट हराइरहेकी नन्दिता केसीले अभिनय गरेकी छिन् । केसीको टर्निङ प्वाइन्टका रुपमा लोग्ने मान्छे भएको बताइरहे पनि चलचित्रमा उनको बलियो भूमिका रहेको छ । चलचित्र नारी प्रधान रहेको छ । चलचित्रमा नन्दिताको अलावा दिलिप रायमाझी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, संगीत लिम्बू, ध्रुव कोइराला, विमला गिरी, रिश्मा थापा, लय संग्रौला आदिको अभिनय रहेको छ । उत्तम केसीको परिकल्पना रहेको लोग्ने मान्छेमा प्रदीप मितल प्रस्तुतकर्ता हुन् । चलचित्रमा कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, बनिश शाहको सम्पादन रहेको छ । चलचित्रमा ४ वटा गीतहरु समावेश गरिएको छ जसमा चेतन सापकोटाको संगीत रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु