वान पिस लाएर चौबन्दीचोलीको कुरा गर्ने ?

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७२, बुधबार

काठमाडौं । गीत संगितलाई चर्चामा ल्याउनका लागि मोडेललाई वान पिस लगाइन्छ, शरिरको अंग छोप्न बिर्सिने गरि चौबन्दीचोलीको कुरा गरिन्छ । त्यसैले न गीत चल्छ न मौलिकता रहन्छ । आजभोलीका संगीतकर्मीहरु मौलिकता पस्कने नाममा चौबन्दी चोलीको कुरा गरे पनि पाश्चात्य शैलीका गीत वा फेसनलाई अँगालेर हिंड्ने गर्छन् । हाम्रा कलाकारहरु भन्ने गर्छन् नेपाल संस्कृतिको पहिचान दिलाउन कलाकारितामा लागेको भनेर तर कहिँ पनि भेटिँदैन त्यो पहिचान । तर पछिल्लो समयमा झलक पुनले बजारमा ल्याएको चौबन्दी चोलीले बजारमा चर्चा ल्याउला भन्ने आशा गरिएको छ । तर उनले बजारमा ल्याएको चौबन्दी चोलीचाहिँ कहाँनेर भनेर भिडियोमा खोज्नै पर्ने भएको छ ।

namrata sapkota
गायक झलक पुनको स्वरमा सजिएको नयाँ गीत “चौबन्दीचोली” बजारमा आएको छ । लेखु सहयात्रीको शब्द रहेको सो गीतमा दिपक शर्माले संगीत भरेका छन् । गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । उक्त गीतलाई भाइब्स क्रियसनले बजार प्रवद्र्धन गरेको हो ।

“चौबन्दिचोली” गीतको म्युजिक भिडियोमा मोडल पुष्प खड्का र नम्रता सापकोटाले अभिनय गरेका छन् । सो गीतको म्युजिक भिडियोलाई हरि हुमागाँईले छायाँकन रहेको छ भने निशान घिमिरेले सम्पादन गरेका छन् । उक्त म्युजिक भिडियोलाई बिशाल भण्डारीले निर्देशन गरिएको हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु