वापाको महानिर्देशकमा कोइराला

म्यूजिक खबर
प्रकाशित: ८ चैत्र २०७१, आईतवार

काठमाडौं । २०१४ मा स्थापना भएको वोर्ल्ड एसोसियसन अफ पर्फोर्मिङ आर्ट्स (वापा) ले महानिर्देशकमा नेपालबाट आरसी कोइरालालाई चुनेको छ । विश्वका बिभिन्न देशका संस्कृतिकर्मीहरुलाई चुन्ने क्रममा कार्यकरी पद, माहादेश, देशका साथै विभिन्न पदमा मनोनित गर्ने क्रममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा बिगत २५ बर्ष देखी निरन्तर लोक कला, सस्कृतिको क्रियाशील रहेका आरसी कोइराललाई महानिर्देशकमा मनोनित गरेको हो ।
१७ बर्ष देखी एभरेष्ट नेपाल कल्चरल ग्रुप सन्चालन गर्दै आएका कोइराला बिभिन्न अन्तरराष्ट्रिय संघ सस्थामा आबद्द छन्। कोइरालाकै अगुवाईमा हाल सम्म एभरेष्ट नेपाल कल्चरल ग्रुपले ६५ भन्दा बढी अन्तरराष्ट्रिय लोक सस्कृतिक मेलामा भाग लिइसकेको छ भने ई स २००२ देखी हरेक दुई दुई बर्षामा नेपालमै अन्तरराष्ट्रिय लोक सस्कृतिक मेलाको आयोजना गर्दै आएको छ । नेपाली कला संस्कृतिलाई विश्वव्यापीकरण गर्ने अभियानमा लागेका कोइरालालाई World Association of Performing Arts WAPA  ले Global General Director  जस्तो गरिममाया पदमा निर्बिरोध निर्वचित गरेको हो।
कोइराला एस अगिनैFederation of International Dance Festivals FIDAF का एसिया निर्देशक, International organization of Folk Arts IOV  का केन्द्रिय सदस्य, International Dance Council CID का केन्द्रिय सदस्य, साथै बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ सस्थामा आबद्द भइसकेका छन् ।
हाल यस World Association of Performing Arts WAPA  संस्थाको प्रमुख कार्यालय अर्मेनियमा रहेको छ। यस साथको मुख्य उदेश्य बिश्वमा लोक सस्कृतिको सम्रक्षण तथा सम्बर्दन गर्ने र बिधिन्न देशमा अन्तरराष्ट्रिय लोक सास्कृतिक मेला साथै अन्तरराष्ट्रिय स्तर को प्रतियोगित आयोजना गर्ने र बिभन्न देश को लोक सस्कृतिको बारेमा रिसर्च गर्ने रहेको छ। मनोनित पदको कार्यकाल ४ बर्षको हुने छ। कोइरालालाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु