वार्षिकोत्सवमा चलचित्रकर्मी र रंगलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७१, मंगलवार

काठमाडौं । चलचित्रसम्बन्धी अनलाईन पत्रकारिता गर्दै आएको फिल्मीबजार डटकमले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर चलचित्रकर्मी एवं चलचित्र पत्रकारहरुलाई सम्मान गरेको छ ।
राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो । उनलाई नगद ११ हजार पनि प्रदान गरिएको थियो । यस्तै, नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्दलाई ‘चलचित्रकर्मी सम्मान’ प्रदान गरियो ।
नायिका शिल्पा पोख्रेललाई ‘नव प्रतिभा प्रोत्साहन सम्मान’बाट सम्मानित गरिएको थियो । यस्तै, विश्वकै कान्छा चलचित्र निर्देशक सौगात बिष्टलाई ‘प्रोत्साहन सम्मान’बाट सम्मानित गरिएको थियो । वितरक नरेन्द्र मर्हनलाई ‘वितरक सम्मान’बाट सम्मानित गरियो ।
रंग पत्रकाररु विदुर गिरी र प्रकाश सुवेदीलाई ‘चलचित्र पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो । यस्तै, रंग पत्रकार सुमन गैरेलाई ‘चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’ प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल प्रमुख अतिथीको रुपमा उपस्थित थिए ।
कार्यक्रममा, प्रल्हाद तिमिल्सिना, रोमा न्यौपाने, यूवराज चौलागाई लगायतले आफ्नो प्रस्तुती राखे । कार्यक्रममा बोल्दै फिल्मीबजारका अध्यक्ष श्याम सुन्दर गिरीले नेपाली चलचित्र र कलाकारको हितका लागि सधै नै काम गर्ने बताए ।

saugat-bista1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु