विदेशिएका मनहरुको व्यथा स्वदेशको सम्झना र मारुनी गीत सहित ‘राहदानी’को ट्रेलर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७२, बिहीबार

काठमाण्डौ । रोजगारीका लागी खाडी मुलुक जाने नेपालीको वास्तविक कथा समेटिएको फिल्म ‘राहादानी’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र प्रदर्शनीको तिथि चैत १२ नजिकिँदै गरेको बेला ट्रेलर सामाजिक सञ्जाल युटुव मार्फत सार्वजनिक गरिएको हो । राजधानी र मोफसलका सिनेमा हलमा समेत पठाईएको अफिसियल ट्रेलर एक मिनट ३० सेकेण्ड रहेको छ । ट्रेलरमा चलचित्रका मुख्य तीनओटा गीतलाई महत्व दिईएको छ । अभिनेता दयाहाङ राई र उनका भाईको चरित्र निर्वाह गरेका अशोक रिजालले मलेशियामा आफ्न्त आपतमा पर्दा भोग्नु परेका कठिनाई र तनावलाई पनि ट्रेलरमा महत्व दिईएको छ । यस्तै रेडियोमा निकै बजेको राहदानीको ‘कल्चरल’ गीत मारुनीको भिडियो पनि यु ट्युव मार्फत सार्वजनिक गरिएको छ । बसन्त सापकोटाको सँगीत, र निशा देशारको स्वरको यो गीत डा। गोबिन्द कुसुमले लेखेका हुन् । यो गीतमा अभिनेत्रीहरु रुपा खनाल, सृजना सुब्बा, बिनिता घिमिरे, आयुष्मा श्रेष्ठ, अस्मिता बस्नेताले नृत्यमा प्रतिस्पर्धा गरेका छन् ।

rahadani_movie
फिल्मलाई सञ्चारकर्मी डब्बु क्षेत्रीले निर्देशन गरेका छन् । राहदानीको ट्रेलरमा खाडी जाने नेपालीको कथा, व्यथा बेला बेलामा हुने रोमान्सका साथै नेपालको सम्झना पनि देखिन्छ । दुई जना युवाहरुको खाडी भोगाई फिल्ममा बढी देखाउन खोजिएको छ । लक्ष्मीप्रसाद ढकालले निर्माण गरेको यो फिल्ममा दयाहाङ राई र अशोक रिजाल मुख्य भुमिकामा छन् । नायिका रिमा विश्वकर्माको आइटम गीतले चर्चा पाइरहदा यस फिल्मले खाडीमा रहेका नेपालीका आफन्तलाई भावुक बनाउने विश्वास निर्माण युनिटमा छ ।

प्रोमो भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु