विनोद केसी घाइते, ग्राण्डीमा उपचार हुँदै

म्यूजिक खबर
प्रकाशित: २५ बैशाख २०७३, शनिबार

अभिनेता विनोद केसी सख्त घाइते भएका छन् । विभिन्न सानो र ठूलो पर्दाका फिल्ममा अभिनय गर्दै आएका केसी गत आईतबार शौचालय जाने क्रममा अचानक चक्कर लागेर झ्यालबाट पर्खालमा खसी सख्त घाइते भएका हुन् । घाइते केसीको हाल ग्राण्डी हस्पिटलमा उपचार भइरहेको छ ।

4

सुगर बढेर चक्कर लागेपछि अभिनेता केसी शौचालयको झ्यालबाट खसेको केही समयपछि मात्र थाहा भएको थियो । दोस्रो तल्लाबाट खस्दा उनको टाउको र खुट्टामा गहिरो चोट लागेको छ भने स्पाइनल कडको हड्डी भाँचिएको छ ।
घटनापछि केसीलाई उपचारका लागि चावहिलस्थित ओम अस्पताल पु¥याई टाउकोमा २० र खुट्टामा ७ टाँका लगाइएको छ । घटनामा उनको नशा च्यापिएको छ ।
५ दिनसम्म ओम अस्पतालमा उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि परिवारको पटक पटकको आग्रहमा एमआरआई गराउँदा ढाड फ्याक्चर भएको हुँदा केसीलाई थप उपचारका लागि बिहिबार धापासिस्थित ग्रयान्डी अस्पताल भर्ना गरिएको छ । उनको हाल गम्भिर स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर आईसियुमा राखी उपचार भईरहेको छ । उच्च रक्तचाप समेत देखिएको विनोदको आईतबार या सोमबार थप शल्यक्रिया गरिने भएको छ । म्यूजिक खबर डटक परिवार अभिनेता केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु