‘विरानो माया’को डबिङ सकियो

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७२, आईतवार

श्री मिडिया सर्च एण्ड मुभी मेकर्स प्रा लिको व्यानरमा निर्माता मिलन लामा र सावित्री अधिकारीले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘विरानो माया’को डबिङ सकिएको छ । निर्माणकै क्रममा चर्चा चलेको उक्त चलचित्रमा सवै कलाकारले आफ्नो भूमिकाको लागि स्वर भरेसंगै डबिङ कार्य सकिएकोे हो । माधवराज खरेलको लेखन तथा निर्देशन रहेको विरानो माया छिटै प्रदर्शनको तयारीमा जुटेको छ ।

प्रेम कथामा आधारीत विरानो मायामा श्रीदेव भट्टराई , दिनेश डिसी , नम्रता सापकोटा , सुरवीर पण्डित , दिपसा विसी , रोहित रुम्बालगायतका कलाकारहरुले अभिनय गरेका छन् । उक्त चलचित्रमा पत्रकार ऋषि धमलाको पनि विषेश अभिनय रहेको छ ।
चलचित्रको कास्टिङ डिरेक्टर तथा क्रियटिभ हेड शान्तिप्रिय रहेका छन् ।

C
श्रीदेव भट्टराईको शब्दरचनामा चलचित्रमा अमित श्रेष्ठको पार्श संगीत तथा अनिल विरहीले संगीत भरेका छन् । चलचित्रको संगीतमा गायकगायिका दिपक लिम्बु, माण्डवी त्रिपाठी, योगिता मोक्तान , टिना लामाले स्वर दिएका छन् । चलचित्रको छायांकन जनकराज अधिकारीले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु