विश्कै कान्छा निर्देशकलाई जेठ ४ बाट हैरान

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७४, शुक्रबार

१९ माघ, काठमाडौं । विश्कै कान्छा निर्देशकका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम दर्ता गराएका निर्देशक सौगात विष्टको दोस्रो फिल्म ‘हैरान’ आगामी जेठमा रिलिज हुने भएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’का समिक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाएका सौगातको दोस्रो फिल्म २०७५ को जेष्ठ ४ मा रिलिज हुने निश्चित भएको हो ।


फिल्मकी कार्यकारी निर्माता सम्झना पोखरेलले राजधानीका लागि माधव वाग्ले र मोफसलका लागि मनोज राठीसंग फिल्म वितरणको सम्झौता भएसँगै रिलिज मिति पनि सुनिश्चित भएको बताइन् । कमेडी जनरामा तयार पारिएको फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, सागर लम्साल, आरोही शर्मालगायतको अभिनय रहेको छ ।


डान्स फिभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डा. वाईएल लामा निर्माता र सम्झना पोखरेल कार्यकारी निर्माता रहेकी छिन । फिल्ममा गम्भीर बिस्टको कथा तथा कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व, सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत, नवराज उप्रेती र निरज कडेलको छायाँकन छ । फिल्मका नायक गजितले फिल्ममा आफ्नो चरित्र फिल्ममा हिरो बन्ने सपना बोकेको युवाको प्रतिनिधित्व गर्ने किसिमको रहेको बताए । कथाकार तथा कोरियोग्राफर गम्भिरले समाजको कथालाई फिल्मी शैलीमा प्रस्तुत गरिएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु