विश्वकै कान्छा निर्देशकका रुपमा सौगात

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७१, शनिबार

काठमाडौं । सम्भवतः विश्वकै कान्छा निर्देशकका रुपमा नेपाली चलचित्र उद्योगमा सौगता विष्ट निर्देशक भएर आएका छन् । चलचित्र लभ यू बाबा को निर्देशनबाट कान्छो निर्देशकका रुपमा आएका सौगता विष्ट यतिखेर ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा नाम लेखाउने तयारीमा समेत रहेका छन् । यसअघि ९ बर्षका भारतका एक बालकले चलचित्र निर्देशन गरेर विश्व रेडर्क बनाएका थिए ।
भर्खरै मात्र आठ बर्षिय बाल्ऽक सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ को प्रोमा सार्वजनिक गरिएको छ । जसमा बुवा र छोरी बिचको प्रेमलाई उतार्ने प्रयास गरिएको छ । फिल्मको शिर्ष भूमिकामा अभिनेता गजित विष्ट र संगम विष्ट छन् भने निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
सौगातका काका कोरियोग्राफर गम्भीर विष्टको लेखन, अभिनेता गजितको कथा रहेको यस चलचित्रलाई सौगतकै आमा सम्झना पोखरेलले निर्माण गरेकी हुन् । चलचित्रलाई दिव्यराज सुबेदीले छायांकन गरेका हुन् भने सहनिर्माताका रुपमा रोशनी बज्राचार्य रहेकी छिन् ।

 

love u baba

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु