विश्वकै कान्छा निर्देशक सौगातले निर्देशन गरेको फिल्म यूट्युबमा

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७३, शुक्रबार

चैत १८, काठमाडौं । गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल भएका निर्देशक हुन् सौगात बिष्ट । सौगातले ७ वर्ष ३४० दिनको उमेरमा चलचित्र ‘लभ यु बाबा’को निर्देशन गरि संसारकै कान्छा निर्देशकको रुपमा आफुलाई विश्वमाझ चिनाएका हुन् । यिनै विश्वका कान्छा निर्देशक बन्न सफल सौगात विष्टले निर्देशन गरेको ‘लभ यु बाबा’लाई सार्वजनिक सञ्जाल युट्युबमा सार्वजनिक गरिको छ ।love u baba
लभ यु बाबामा उनका बाबु गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट र निर्मल शर्मा लगायतले अभिनय गरेका छन् । फिल्ममा गजित विष्टको कथावस्तु, गम्भीर विष्टको पटकथा र चन्द्र पन्तको द्वन्द्व रहेको फिल्ममा अनु शाह र सुब्रत आचार्य विशेष भूमिकामा छन् ।
फिल्म यस्तो छ हेर्नुहोस्  :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु