वीरगंजमा भोजपुरी फिल्म अवार्डको आयोजना गरिने

म्यूजिक खबर
प्रकाशित: ११ चैत्र २०७३, शुक्रबार

चैत्र १०, वीरगंज । माँ राधिका इंटरनेशनल मुभिज प्रालिले वीरगंजमा पहिलो चोटी भोजपुर फिल्म फेस्टिवलको आयोजना गर्न लागेको छ । यही चैत्र २६ गते शनिवारका दिन् आयोजना गर्न लागिएको सो कार्यक्रममा भोजपुरी फिल्म, भोजपुरी संस्कृति, भोजपुरी भाषा प्रवर्धनमा योगदान पुर्याउने नेपाल तथा भारतका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिने भोजपुरी फिल्मका नायक परदेशी साहले जानकारी गराउनु भयो । एस. पी खरेलको नामले चर्चित नायक साहले आफ्नो फाइदाकालागि बिभिन्न राजनीतिक दल, संघ संगठनले वीरगंज र भोजपुरी भाषाको जननी वीरगंजलाई प्रयोग गर्ने तर यसको उत्थान संवर्द्धन एवम् प्रवर्धनमा कतैबाट सहयोग नभएको गुनासो गर्नु भयो ।

bhojpuri award

वीरगंजलाई विश्वव्यापी रुपमा चिनाउन, वीरगंजलाई फिल्म इंडस्ट्रीजको रूपमा स्थापित गर्न उद्देश्यले वीरगंजमा भोजपुरी फिल्म फेस्टिवलको आयोजना गर्न लागिएको भोजपुरी तथा नेपाली फिल्मका प्रोड्युसर सूरज प्रधानले जानकारी गराउनु भयो । सो फेस्टिवलमा कलाकार, डाइरेक्टर, निर्माता, संगीतकार, गीतकार, द्वन्द्व निर्देशक, मेक अप पर्सन, क्यामरा पर्सन लगायतलाई सम्मान गर्ने योजना रहेको नायक परदेशी साहले बताउनु भयो ।bhojpuri-film

नेपालमै सर्व प्रथम पहिलो पटक हुन ग़ैरहेको भोजपुरी फिल्म अवार्डले भोजपुरी भाषा बोल्ने र फिल्मको माध्य्मबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय देशहरूमा उहाँको कला तथा योगदान र सहयोग मार्फत जुन चिनाउने टेवा पुर्याउनेहरूलाई सम्मान तथा अवार्ड दिने भएको हो । दोश्रो साल देखि निरन्तरता दिइन्दै अगाड़ी बढ़ने नेपाल र भारतका भोजपुरी फिल्म सम्बन्धी कार्य गर्ने सम्पूर्ण सेक्टरमा उत्कृष्ट भूमिका निर्वाह गर्नेहरुलाई सम्मानका साथ अवार्ड प्रदान गरिने जानकारी गराइयो । रिपोटर्स क्लब नेपालका मधेश क्षेत्रीय संयोजक कन्हैया गुप्ताको सभापतित्त्वमा भएको सो पत्रकार सम्मेलनमा भोजपुरी तथा नेपाली फिल्मका निर्देशक श्री रमण बस्नेत, भोजपुरी तथा नेपाली फिल्मका नायिका द्वय एलिना बासकोटा, कशिश दाहाल लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु