शरिया ठिटालाई गाह्रो पार्दै रिमा

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७२, आईतवार

‘गुन्यु चोली लाउँदिन म मिनी स्कर्ट लाएँ
रोदीघर जन्न म त डिस्को तिर धाएँ
गाउँघरकी पार्वतीमा भएँ पारो
शहरीया ठिटालाई पर्ला गाह्रो…’
चलचित्र राहदानीको यो आईटम गीतको भिडियो शुक्रबारबाट सामाजिक सञ्जाल यु ट्युव मार्फत सार्वजनिक भएको छ । गीतलाई बिडी च्यानलले सार्वजनिक गरेको हो ।
यो गीतमा अभिनेत्री रिमा विश्वकर्माले नायिका रिमाकै भूमिकामा नृत्य गरेकी छिन् । गाउँबाट शहर पसेर आधुनिक बनेकी एक युवतीको परिवर्तित जीवन शैलीलाई गीतमा प्रस्तुत गरिएको छ ।

nepali movie rahadani iteam song- rima  (4)
गीती दृष्य रामशरण उप्रेतीले खिचेको हुन् । राजु शाहको नृत्य निर्देशन रहेको यो गीत दुर्गा खरेलले गायिक हुन् । चलचित्रका निर्देशक डब्बु क्षत्रीले नै लेखेको यो गीतमा चेतन सापकोटाको सँगीत छ ।

nepali movie rahadani iteam song- rima  (5)
आगामी १२ चैतबाट प्रदर्शनीमा आउने राहदानीको यो दोस्रो गीत हो । यस अघि जिन्दगीको गोरेटोमा…बोलको बियोगान्त गीतको भिडियो सार्वजनिक भईसकेको छ ।
बैदेशिक रोजगारका विभिन्न समस्यालाई उठाईएको यो चलचित्रमा दयाहाङ राई, सृजना सुब्बा, रुपा खनाल, अशोक रिजाल, बिनिता घिमिरे, नविन लम्साल, मोनिका दाहाङ, फुपु तेन्जिङ शेर्पा, विधा कार्की, विकाश जोशी, अस्मिता बस्नेत, लक्ष्मण बिक्रम बस्नेत लगायतको अभिनय रहेको छ ।

लक्ष्मी प्रसाद ढकालको प्रस्तुति रहेको यो चलचित्रको निर्माण रियाना पात्रबँश, रम्भा पाण्डे, कृष्णचन्द झा, शुष्मा ढकाल, नैनु शमशेर जबरा र अभिषेकमान सिंहले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु