शान्तिप्रियलाई बाबुरामको बधाई । सहयोग गर्ने आश्वसन

म्यूजिक खबर
प्रकाशित: ९ चैत्र २०७०, आईतवार

काठमाडौं । चलचित्र पत्रकार संघका नवनिर्वाचित अध्यक्ष शान्तिप्रियलाई माओवादी वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले फोन गरेर बधाई दिएका छन् । चलचित्रप्रेमी राजनीतिज्ञका रुपमा रहेका डा.भट्टराईले आफ्नो स्वकीय सचिव विश्वदीप पाण्डेलाई फोन गर्न लगाएर शान्तिप्रियलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । उनले फोनमा भएको कुराकानीमा चलचित्र क्षेत्रलाई आफूले सक्दो सहयोग गर्ने आश्वसन दिएको अध्यक्ष शान्तिप्रियले बताए ।
भट्टराई अर्थ मन्त्री भएको बेला फिल्मकर्मीहरुका लागि एक करोड निकासा गर्दै चलचित्र बिकास बोर्ड अन्र्तगत रहेको चलचित्रकर्मी कल्याणकारी कोषलाई बृहत  बनाउने काममा सहयोग गरेका थिए भने प्रधानमन्त्री भएका समयमा पनि थप ५० लाख कोषका लागि दिएका थिए । बेलाबेलामा आफ्नो समय मिलाएर चलचित्र हेर्दै आएका भट्टराईले चलचित्र क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई यसरी हौसला प्रदान गर्नु सिंगो पत्रकार क्षेत्रकै गरिमा बढेको छ । शान्तिप्रियले आफूलाई डा.भट्टराईबाट आएको बधाईले हौसला प्रदान गरेको खुशी व्यक्त गर्दै आफ्नो नेतृत्वको कार्यसमितिको हाइप्रोफाइल भएको बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु