शाहिदलेनै पुष्टि गरे आफू बुबा बन्दै गरेको खबर

म्यूजिक खबर
प्रकाशित: ५ बैशाख २०७३, आईतवार

शनिवार मुंबईमा हिन्दी फिल्म ‘उडता पंजाब’को एक समारोह कार्यक्रममा ट्रेलर रिलिज गरिएको थियो । उक्त समारोह बिच फिल्मका नायक शाहिद कपूरले आफू बुबा बन्ने खबर पुष्टि गरेका छन् । केही समय अगाडि शाहिद पिता बन्न लागेको खबर बाहिरिएको थियो तर अब भन्ने शाहिदले नै यो खबरको पुष्टि गरिदिएका छन् । उक्त समारोहमा फिल्मकी नायिका करिना कपूर पनि प्रस्तुत भएकी थिइन् जँहा शाहिद र करीनाको राम्रै मेलमिलाप देखिएको थियो । शाहिदकी पत्नी मिरा राजपूत केही समय पहिले भएको फेशन इभेन्ट फरक पहिरनको साथमा सहभागी भएकी थिइन् । त्यही समय देखि मिरा गर्भवती भएको अटकल लगाईएको थियो । फिल्म उडता पञ्जाम आगामी जून १७ तारिक देखि प्रदर्शनमा आउने भएको छ । जसमा शाहित र करिनासँगै आलिया भट्टले पनि मुख्य भुमिका निभाएकी छिन् । यस फिल्ममा शाहिदलाई रक स्टारको रुपमा देख्न पाईने छ ।

udta-punjab20_1460874394

udta-punjab22_1460874396

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु