शुक्रबार देखि ‘लक्की सेभेन’

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७२, सोमबार
अनाथ बालबालिकाको कथामा आधारित पुर्ण एक्सन रहेको चलचित्र ‘लक्की सेभेन’ आगमी शुक्रबारदेखि सिनेमाघरहरुमा आउने भएको छ । दिनेशराज शर्माको निर्देशन रहेको यो चलचित्रमा अनाथ बालबालिकाले पनि धेरै कुरा सहन सक्छन् र देशका भ्रष्टचारी, हत्याराहरुलाई ठेगान लगाउन सक्छन् भन्ने विषयलाई देखाउन खोजिएको बाबु बलामीले जानकारी गराएकी छन् । हास्व्यग्ंय नायक जयकिसन बस्नेत र स्वर्गीय नायिका जेशिका खड्काको मुख्य भुमिका रहेको यस चलचित्रमा ५ जना अनाथ बालबालिका र २ जना पिडित नायिकाको कथा रहेको जनाइएको छ । नायिका जेसिकाले गत वर्ष आत्महत्या गरेकी थिइन् । ‘सात पात्रहरुको कथालाई हेरेपछि अन्त्यमा दर्शकहरु उनीहरुलाई लक्की भन्न बाध्य हुनेछन् कि भनेर चलचित्रको नाम लक्की सेभन राखिएको हो’, निर्देशक शर्माले भने ।
jessica khadka nepali actress
चलचित्रमा शिवानी बलामीको समेत मुख्य र उत्कृष्ट अभिनय रहेको निर्माण पक्षले दाबी गरेको छ । ‘बि.जी फिल्मस’को ब्यानरमा निर्माण भएको ‘लक्की सेभेन’मा राजेन्द्र चौधरीको द्वन्द्व, सुरेश चौधरीको नृत्य निर्देशन, राजकृष्ण महर्जनको छायाँकन र चलचित्रको कथा र निर्माण परिकल्पना बाबु बलामीको रहेको छ भने चलचित्रको निर्माण जेनिशा बज्राचार्य र शिवानी बलामीले गरेका हुन् ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु