शुभेच्छाले माफी मागिन् ‘ध्यानै पुगेन, क्षमा पाउँ’

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७२, शुक्रबार

बुद्धि नपु¥याई काम गर्दाको परिणाम कस्तो हुन्छ भन्ने बल्ल अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापालाई थाहा भएको छ । चर्चामा आउन लागि ‘खादा’ले आफ्नो माथिल्लो र तल्लो अंग छोपेर फोटोसुट गरेकी शुभेच्छा अहिले तनावमा छिन् । उनको फोटोसुटको समाजिक सञ्जालमा व्यापक विरोध र आलोचना हुन थालेपछि उनी तनावमा परेकी हुन् । शुभच्छाले भनिन्, ‘कुनै ध्यान नपु¥याई फोटोसुट गर्दा गल्ती भयो । खादामा मन्दिर छैन भन्ने सोचेर पनि यस्तो फोटोसुट गरेको हुँ । तर, कुनै जातधर्मको विरोध गर्न यस्तो गरेकी होइन ।’ उनले आफूले अन्जानमा गरेको गल्तीप्रति क्षमायाचना माग्न चाहेको पनि बताइन् । ‘अन्जानमा गल्ती भइहाल्यो’ शुभेच्छाले भनिन्, ‘यसप्रति म दुःखी छु । मेरो आफ्नो गल्तीप्रति क्षमायाचना चाहन्छु ।’

subhechchha
‘खादा’ तामाङ समुदायले मात्र नभएर पछिल्लो समय सम्पूर्ण नेपालीले मर्दाm पर्दा वा हरेक कार्यमा प्रयोग गर्न थालिएको छ । यस्तो अवस्थामा शुभेच्छाले ‘खादा’ लाई आफ्नो अश्ललील अंग ढाक्ने बस्तु बनाएपछि सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा उनी आलोचित भएकी हुन् । तर, उनले आफ्नो फोटोसुटबारे स्पष्टीकरण दिँदै भनिन्, ‘म सबै धर्मको सम्मान गर्छु ।
कसैलाई तल वा माथि उचाल्ने मेरो मनशाय होइन । सोच नपुगेर यस्तो भएको हो । म सबैलाई आदर पनि गर्छु ।’ उनले आफ्नो गल्तीप्रति क्षमायाचना माग्दै केही घण्टापछि प्रेस विज्ञप्ति समेत निकाल्दैछिन् । शुभेच्छाका अनुसार यो फोटोसुट कन्सेप्ट रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘विन्दास–३’ को प्रमोसनका लागि थियो । राजु गिरि निर्देशित यो चलचित्र २२ माघबाट रिलिज हुँदैछ ।

subhechchha-12
त्यसैले यस चलचित्रको प्रोमो सार्वजनिकसँगै शुभेच्छा थापाको ‘हट’ फोटोसुट गराएकी हुन् । तर, यसपटक उनले फोटोसुटमा ध्यान नदिँदा दर्शक तथा आफ्ना प्रशंसकबाट आलोचित बन्न पुगेकी छन् । कतिपयले उनको फोटोसुटलाई बौद्ध धर्मालम्बीमाथिको प्रहार समेत भन्न भ्याएका छन् । त्यसैले पनि उनी तनावमा आएकी हुन् । उनले आफ्नो गल्ती पनि स्वीकारेकी छन् । ‘अबदेखि सोचेर मात्र फोटोसुट गर्नेछु’ यसअघि पनि माछाले माथिल्लो अंग छोपेर फोटोसुट गरेपछि आलोचित बनेकी शुभेच्छाले भनिन्, ‘हरेक काम गर्दा ध्यान पु¥याउनु पर्ने रहेछ । यसपालि चेतिएँ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु