श्रीको १३ औं पुण्यतिथिमा सबैको आँखा रसाए

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७१, बिहीबार

काठमाडौं । अभिनेता श्रीकृष्ण श्रेष्ठको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली एवं प्रसाद ग्रहण कार्यक्रममा उपस्थित सम्पूर्णको आँखा रसाए । श्रीका दाजु मीनकृष्ण हु्न या जीवनसंगीनी श्वेता हुन् सबै भक्कानिए । मीनकृष्ण रुँदै भन्दै थिए ‘जब मेरो भाइलाई बोन क्यान्सर भएको थाहा भयो, हामीले हरेक किसिमको उपचार गर्ने प्रयास ग¥यौं । पहिलो किमो दिँदा भाइ अब घर चाँडै फर्कन्छ भन्ने सन्देश मैले नेपाल पठाएको थिएँ । जब शनिबार बेलुकी भाइलाई आइसीयूमा राखियो, डाक्टरहरु पनि खुशी भए । अब श्रीलाई केही हुँदैन भन्ने डाक्टरहरुले भन्दै थिए । तर, भाइले जब आइसीयूमा मलाई बोलायो, त्यतिबेला उसको बोली स्पष्ट थियो । उसले आमा, दाजु, ईष्टमित्र, छरछिमेकी, पत्रकार, कलाकार सबैलाई सम्झियो ।’ मीनकृष्णले यसरी विगत सम्झिँदै गर्दा श्रीका पत्नी श्वेता, आमा र अन्य सबैको आँखामा आँसु बगिरहेको थियो । ‘मैल्ले भाइ तिमीले यस्तो किन भनेको, तिमीलाई केही हुँदैन भन्दै थिएँ । एकाएक मलाई भूइचालो आएजस्तै लाग्यो । भाइले मेरो हात समाउँदा समाउँदै संसार छाड्यो । फिल्मजस्तो लाग्ने गरी उसले प्राण त्याग ग¥यो, श्री दाजु मिनकृष्णले भने– उसले मृत्यु हुनुअघि तीनपटक मा.मा.मा. भन्यो ।’
श्रीले मेरो हात समाएर जीवन र मरणको दोसाँधमा पुगेको अवस्थामा श्रीले दिल्लीको गंगाराम अस्पताल परिसरको भगवान्को मूर्तिमा दुई हात जोडेर भगवानसँग श्रीको बचाउको कामना गर्दै थिइन् मीनकृष्णले भने – श्वेतालाई केहिक्षण अघि मात्र हात हल्लाएको थियो । श्रीको मृत्यु भएपछि मैले परिवारलाई फोन गरेँर सल्लाह गरेँ त्यसपछि मात्र श्वेतालाई भनेँ । त्यसपछि श्वेताको अवस्था कस्तो भयो होला तपाईंहरु आफैंले पनि सोच्ने कुरा हो, मीनकृष्णले आँसु झार्दैै भाइको सम्झना गरे । त्यहाँ उपस्थित कलाकारहरु पनि श्रीको आत्मीयता, ममता र उसको स्वभावले सबैलाई नबिर्सने बनाएको छ । वास्तवमै उसको निधन भएको कसैलाई पनि लागेको छैन कलाकारहरु भन्दै थिए । अभिनेत्री बसुन्धरा भुसाल, सुभद्रा अधिकारी, झरना थापा, नीर शाह श्रीको निधन भएकै छैन जस्तो लागेको बताउँदै आँसु झार्दै थिए । उनीहरुले श्रीले चलचित्र उद्योगलाई दिएको योगदान कहिल्यै पनि भुल्न नहुने बताएका थिए । श्री अमर भएको कलाकारले बताएका थिए ।
उक्त अवसरमा प्रज्ञा प्रतिष्ठानमा श्रीको पूर्णकदको शालिक स्थापना गरिनुपर्ने माग गरिएको थियो । श्रीका दाजु मीनकृष्णले सरकारले प्रतिष्ठानमा ठाउँ मात्र दिए हुन्छ बाँकी खर्च सबै आफैं गरेर शालिक स्थापना गर्छौं भनेका थिए । श्रीको १३ औं पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्न आएका सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले आफूले शालिक राख्नका लागि पहल गर्ने बताएका थिए । कार्यक्रममा दर्जनौं कलाकर्मी, पत्रकार एवं शुभचिन्तकहरुले श्रीको स्मरण गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु