संघियताको विषयमा चलचित्र ‘अपरिचित’

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७३, शुक्रबार

चैत १८, काठमाडौं । देशमा संघियता लागु भईरहँदा यसैमा आधारित चलचित्र अपरिचित पनि प्रदर्शन हुने भएका छन् । चलचित्र अपरिचित संघियता रहि सकेपछि पहिचान प्राप्तीका लागि गरिने एउटा आन्दोल जस्तै हुने निर्माण पक्षले बताएका छन् । राजधानीमा शुक्रवार पत्रकार भेटघाट गर्दै चलचित्र अपरिचित युनिटले सो जानकारी दिईएको हो । अपरिचितले परिचय खोज्ने दिन भने चैत्र २५ लाई राखिएको छ । चैत्र २५ मा परिचय पाउने हो या होईन भने प्रश्नमा निर्माण पक्षले अवश्या परिचय पाउने दावी गरेका छन् ।17571418_868697903270844_814177127_oचलचित्र लभस्टोरी एक्शन जनरामा रहेको निर्माता तथा निर्देशक रुपेश थिङले जानकारी दिए । जुना फिल्मको ब्यानरमा निर्माण भएको चलचित्र अपरिचितमा प्रज्वल गिरी, ध्रुव कोईराला, सारीका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष्ण बर्देवा लगायतको मूख्य भुमिका रहेको छ । तामाङ चलचित्रलाई पृष्ठभुमि बनाएर आएका रुपेश थिङले यहि चलचित्रबाट नेपाली चलचित्रको निर्देशन यात्रा तय गरेका हुन् । यस अघि तमाङ चलचित्र पर्खाल, कर्म निर्देशन गरेका थिए ।

2

चलचित्रका निर्मातामा मिलन लामा र जविन्द्र सुब्बा रहेका छन् भने कार्यकारी निर्माता अमृत थिङ हुन् । एक्शन लभ स्टोरी जनराको फिल्म अपरिचितलाई सञ्चु थोकर लामाले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्धन्द, सागर परियारको संगीत, प्रविण ढकालको सम्पादन र शंकर बिसीको नृत्य रहेको छ । चलचित्रको एक्शनलाई लिएर निर्माण पक्ष चाँडो भन्दा चाँडो चलचित्र प्रदर्शन गर्न हौसिएको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु