संयोग सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २४ श्रावण २०७२, आईतवार

काठमाडौं । इनुमा रुङमाङको शब्द रहेको यो गीतिसंग्रहका गीतमा सुवास सर्जनको संगीत रहेकोआधुनिक गीति संग्रह ‘संयोग’ राजधानीमा एक कार्यक्रमबिच शनिबार विमोचित भयो । संगीतकार शान्तिराम राई, प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुली, गीतकार संघकी कोषाध्यक्ष सुशीला पौडेल, गायिका आभा मुकारुङ, गायक कृष्णभक्त राई, सुवास सर्जनलगायतले सो गीतिसंग्रहको संयुक्त विमोचन गरेका हुन् ।

sanyog

इनुमा रुङमाङको शब्द रहेको यो गीतिसंग्रहका गीतमा सुवास सर्जनको संगीत रहेको छ । यस गीतिसंग्रह पछिल्लो पुस्तालाई लक्षित गरी बजारमा ल्याएको इनुमाले बताएकी छन् ।

गीतिसंग्रह संयोगभित्र फेरि फेरि, एउटा चोट, नजानिँदो पाराले, सम्झनाको, धनको पछि जस्ता गीत समावेश छन् । ती गीतमा राजेश पायल राई, दीपक लिम्बू, आभा मुकारुङ, अनु राई, एलबी राई र इनुमा रुङमाङको स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु