संस्कृतिको संरक्षणमा सरकारको भिजन नै छैनः कोइराला

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७२, सोमबार

नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने कुरामा सरकारको कुनै पनि भिजन नभएको कुरा एभरेष्ट नेपाल कल्चलर ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताएका छन् । उनले अहिले राज्य कहाँ छ, मुलुकको आवश्यकता कहाँ छ भन्ने कुरा नै सरकारलाई थाहा छैन भने नेपालको मौलिक कला संस्कृतिको कुरामा भने उनीहरुको ध्यान जाने कुरै भएन कोइरालाले भने । आगामी फागुन १९ देखि फागुन २८ गते सम्म नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको बारेमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनको अवसरमा कोइरालाले उक्त कुरा भनेका हुन् ।

कोइरालाले कार्यक्रममा सांस्कृतिक मेलाको बारेमा पत्रकारहरुलाई प्रष्ट पार्दै सरकारी तबरबाट हुनुपर्ने हो तर संस्थागत र व्यक्तिगत क्षेत्रबाट गरिरहँदा पनि मौलिक कला संस्कृतिको संरक्षण एवं सम्बद्र्धनमा सरकारले कहिल्यै ध्यान नदिएको बताए । सरकारसँग धेरैचोटी कला संस्कृतिको बारेमा प्रपोजल पेश गरेँ, कुराकानी गरेँ तर संस्कृति मन्त्रालयले योप्रति सधैं वेवास्ता ग¥यो कोइरालाले भने । कलासंस्कृतिको संरक्षण, प्रबद्र्धनका लागि सरकारको कुनै भिजन नै छैन, उनको भनाइ थियो ।

rc- everest nepal
एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपालमा सातौं पटकसम्म अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गरिसकेको छ भने यो आठौं पटक आयोजना गर्न गइरहेको हो । १८ वर्षअघि स्थापना भएको कल्चरल ग्रुपले नेपालको कला संस्कृतिलाई विदेशका विभिन्न देशमा प्रस्तुत गर्दै आएको छ भने नेपालमा पनि विभिन्न देशको कलासंस्कृतिलाई प्रदर्शन गरिसकेको छ । नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको एभरेष्ट कल्चरल ग्रुपले ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित फागुन १८ देखि २८ सम्म काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक( बनेपा), नुवाकोट (त्रिशुली), धादिङ र पोखरा जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा विभिन्न देशका संस्कृति झल्काउने भएको छ ।

everest cultural group of nepal
पत्रकार सम्मेलनमा कार्यक्रममा चलचित्र निर्देशक, लोकगायक एवं संगीतकार नारायण रायमाझी, लोकगायक दुर्गा रायमाझी, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष चन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो । ग्रुपले विदेशबाट आउने पर्यटकहरुका लागि ‘नेपाल भ्रमण सुरक्षित छ’ भन्ने सन्देश दिन पनि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएको छ ।

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला कार्यक्रमको तालिका यस प्रकार छः

everest cultural group

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु