सन्दिप र सहिमाको ‘खल्लिबल्लि भो’

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७२, बुधबार

काठमाण्डौ । गायक सन्दिप न्यौपाने र गायिका साहिमा श्रेष्ठ यतिबेला तिमी आयौ जिन्दगीमा खल्लिबल्ली भो, के भो के भो दिल भित्र हल्लिचल्लि भो भन्दै एकसाथ छट्पटाइरहेका छन् । सांगीतिक धरातलमा अति नै व्यस्त र लोकप्रिय बनेका यि दुईको खल्लिबल्लि हुने भएको छ । वास्तविक जिवनमा खल्लिबल्लि हुन लागेको नभै ‘खल्लिबल्लि भो’ बोलको गीतको भिडियो चाँडै रिलीज गर्न लागिएको गीतको प्रसंग हो । गीतकार सुर्य खत्रिको शब्द रहेको उक्त गीतलाई विदेशी भूमि मलेशिया र सिंगापुरका रमणिय दृष्यहरुलाई क्यामेरामा कैद गरिएको छ । नितीन चन्द निर्देशक रहेको गीतको म्यूजिक भिडियोमा गायक सन्दिप र गायिका सहिमाले नै नायक नायिकाको भूमिका निर्वाह गरेका छन् । पछिल्लो पुस्तामा लोकप्रिय बन्दै गएका दिपक शर्माको संगीतमा तयार पारिएको उक्त गीतको म्यूजिक भिडियोलाई अब केहि दिनमै सार्वजनिक गरिने जानकारी गायक तथा मोडल सन्दिपले www.musickhabar.com लाई दिए ।khalli balli

khalli_balli bho

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु