सन्नीले निर्देशकलाई बिकिनी उपहार दिएपछि

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७२, बुधबार

मुम्बई । सन्नी लियोनी रंगीन दुनियाँकी सर्वाधिक हट नायिकाको सूचिमा अगिल्लो पंक्रिमा पर्दछिन् । यसो त उनलाई बिकिनीको पयार्य नै मानिन्छ । उनलाई बिकिनी लाएर सार्वजनिक हुनु कुनै असहज हुँदैन । उनै लियोनीले निर्देशक मिलाप झावेरीलाई बिकीनी उपहार दिएकी छिन् । युवा पुस्तालाई लक्षित गरेर बनाइएको कमेडि फिल्म ‘मस्तीजादे’ मा मुख्य भूमिका निर्वाह गरेकी लियोनी र तुषार कपुरले फिल्म मेकिङ अवधिभर मस्ती गरेको समाचार आएको छ । बलिउड नगरी मुम्बईमा निर्देशक झावेरीको जन्मदिनको अवसर पारेर आयोजित एक कार्यक्रममा सन्नीले आफ्नो तर्फबाट उपहार भन्दै निर्देशक झावेरीलाई बिकिनी टिसर्ट उपहार दिएकी थिइन् ।
केही स्टार निर्माता , निर्देशकहरुले आफूसँग काम गर्न असहज मानिरहेको अवस्थामा झावेरीसँग काम गर्न पाउनुलाई सन्नीले महत्वपूर्ण उपलब्धि मानेकी छिन् । उता झावेरी भने सन्नीको बिकिनी टिसर्ट लगाएर मख्ख परेका निर्देशक सन्नीलाई ब्यबसायिक कलाकार भन्दै उनीसँग काम गर्दा केही अनुभव बटुलेको बताए ।

sunny bikni 1

sunny bikni

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु