सपनाको देशबाट शान्ता

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७२, बुधबार

न्यूयोर्क । गीतकार शान्ता अधिकारी घिमिरेको गीति एल्बम ‘सपनाको देशबाट’ सार्बजनिक भएको छ । युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सवको अवसर पारेर शान्ताले सपनाको देशबाट सार्वजनिक गरेकी हुन् । जगदिश समाल मगर, नरबहादुर दाहाल, सत्यराज आचार्य, निशा देसार, रामचन्द्र काफ़्ले र जुनु रिजाल काफ्ले र पविता परियार स्वरमा सजिएका गीतहरुमा एन बी. दाहाल, बिमल डाँगी, रमेश खड्का, लाल श्रेष्ठले संगीत दिएका छन् । संगीत संयोजन फणिन्द्र राई, बिष्णु अधिकारी, राजकुमार मालाकारको रहेको छ । गीतकार घिमिरेले बिगतमा पनि बिभिन्न कृतिहरु सार्वजनिक गरिसकेका छन् ।

us bimal
वार्षिकोत्सब समारोहमा संस्थागत रुपमा यसपटक मानवीय सहयोग र नेपाली बीच एकता कायम गर्न सफल भएकोमा आवासीय नेपाली संघ अमेरिका (एनआरएन युएसए) लाई सम्मान गरिएको छ । संघले नेपालमा गएको भूकम्प पछि मानबीय सहयता स्वरुप तत्काल २ करोड रुपैयाँ संकलन गरेर नेपाल पठाएको थियो भने काठ्माण्डौंमा एनआरएन भवन निर्माणका लागिर ३ करोड ७३ लाख रुपैयाँ संकलन गर्न सफल भएको थियो । सम्मानित ८ ब्यक्तित्वहरुमा अतिथी सम्मान (Guest of Honor) द्वारा अमेरिकामा एनआरएन संघलाई उचाइमा लैजान अहम भूमिका खेलेका संघका पूर्व अध्यक्ष सुमन राज तिम्सिना )वशिङ्टन डिसि), समाजिक नेतृ एवं ब्यबसायी उमा कार्की थापा (क्यालिफोर्निया), गायक जगदिश समाल मगर, ईण्टर्नेशनल ब्यूटी थेरापिस्ट एवं ब्यावसायी मुना राई गुरुङ (न्यू योर्क), जनताका सच्चा सेवक भाइस कन्सुलर प्रविण भट्टराई (न्यू योर्क) र ब्याबसायी एवं नेपालमा गत अप्रिल २५ तारिख गएको महाभूकम्पमा परी आफ्नो परिवारका १७ जनाको निधन पछि पनि कत्ति पनि बिचलित नभै शोकलाई शक्तिमा बदल्न सफल बिष्णुमान प्रधान (न्यू योर्क) छन् । त्यसैगरी युवा प्रतिभाहरुलाई प्रदान गरिने युथ रिकगनिसन अवार्ड (Youth Recognition Award) नेपाली झण्डा र राष्ट्र गानलाई गत वर्ष सन् २०१४ को अप्रिल ३० तारिख अन्तरिक्षको छेउ ८० हजार फिट माथी फहराउन र बजाउन सफल युवा क्षितिज राज लोहनी र युवा फेसन डिजाइनर एबं प्रथम मिस लिम्बु नेपाल २०१२ चुनिएकी निलिमा मादेन लिम्बु छन् । डिसेम्बर ६ तारिख शेर्पा किदूग हल, न्यू योर्क शहरको कुइन्स ज्याक्सन हाईट्समा सम्पन्न उक्त समारोहका प्रमुख अथिती नेपाली महाबाणिज्य दूतावास न्यू योर्कका वाणिज्यदूत कृसु छेत्री (कृष्ण कुमार सुबेदी छेत्री) ले सम्मानित व्यक्तित्वहरुलाई परम्परागत खादा र कदर पत्रद्वारा सम्मान गरेका थिए ।

sapanako desh bata1
प्रमुख अथिती छेत्रीले युएसनेपालअनलाइनका सन् २०१५ मा सदस्यता लिएका आजीवन सदस्यहरुलाई सदस्यता प्रमाण पत्र र खादाद्वारा सम्मान गरेका थिए । युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरले सम्मानित ब्यक्तिवहरु र एनआरएन संघबारे परिचय गराएका थिए ।
यसपालीको वार्षिकोत्सबमा प्रतिभाशाली बालिका कलाकारहरु शृताश्मा ढुङेल, सिम्रन अधिकारी, एन्जिला राई र नेपाली गायक गायिकाहरु जगदिश समाल मगर, एन बि दाहाल, अभय ढुङ्गेल, राजेन्द्र राई र बसन्ती राईले आ(आफ्नो गीत प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु