सबको दिलको धड्कन म मधुवाला

म्यूजिक खबर
प्रकाशित: २९ श्रावण २०७१, बिहीबार

काठमाडौं । मधुवाला देखेपछि सबैको दिलमा बस्न सफल हुन्छन् नै । राम्री मधुवालाको साथमा बस्न चाहना राख्नेहरुका बीचमा सबैले आ–आफ्नै बिल्ला भिराउने कोशिस पनि गरेकै हुन्छन् । एउटा जवानीमा रहेकी मधुवालाका पछाडि दौडनेहरु सबै कुरा भुलेर वैंशको मातमा दौडनु कुनै नौलो कुरा पनि होइन । त्यसैले होला रुपा रानाको पछाडि पनि दुई चार जना अल्लारेहरुको भीड लागेको छ ।
चलचित्र यो कथा हो तिम्रो जति जति रिलिज डेट नजिक पुग्दैछ उति नै चर्चाको शिखरमा छ । चलचित्र लेखक एवं निर्देशक ओम प्रतीकको निर्देशनमा तयार भएको चलचित्र यो कथा हो तिम्रो मेरोको गीत संगीत यतिबेला डिजिटल प्रविधिदेखि रेडियो, टेलिभिजनमा राम्रो स्थान पाउन सफल गीतसंगीत पर्छन् । विकास चौधरीको संगीत रहेको चलचित्र यो कथा हो तिम्रो मेरोको बब्ली तेरो जोवान आइटम सङभित्र बजार तताउने क्रममा छ ।
हाइ हाइ बब्ली, होइ होइ लभ्ली
मनै हो सबको मायाको किल्ला
भिडाउन खोज्छन् आ–आफ्नै बिल्ला
सबको दिलको धड्कन म मधुवाला

बब्ली तेरो जोवान वार तेरो मुस्कान
रंगीन रातको मात चढाइ मस्त बनाइदेउ न

माथिका शब्दहरु गीतकार गणेश सुवेदीले लेखेका हुन् । यस गीतमा राजेश पायल राई र मनिषा पोखरेलको स्वर रहेको छ । चलचित्रमा चार वटा गीतहरु समावेश गरिएको छ । शीर्ष गीत अभिनेता रवि कार्की आफैंले लेखेका छन् । टुट्यो मुटु छुट्यो साथ बोलको गीत अभिनेता कार्कीले लेखेका छन् भने यसमा शिव परियारको स्वर रहेको छ । त्यस्तै सक्दिन म आकाशलाई छुन बोलको गीत दिपक लिम्बू र रजिना रिमालले गाएका छन् । जुन गीतलाई गणेश सुवेदीले नै लेखेका छन् । त्यस्तै शंकर अधिकारी घायलको शब्दमा राजेश पायल राई र प्रविशा अधिकारीले गाएको पल पल हरेक पल बोलको गीत पनि चर्चामा नै छ ।

rista-suman
चलचित्रमा रुपा राना, गणेश उप्रेती, रिस्ता बस्नेत, रवि कार्की, सुमन सिंह एवं निर्देशक ओम प्रतीकको अभिनय रहेको छ । चलचित्रलाई रमेश प्रजापतिले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता राम बुढाथोकी हुन् भने एसोसिएट्स निर्माताका रुपमा अनिल हेक्का रहेका छन् । चलचित्रलाई सुरेश बज्राचार्यले खिचेका हुन् भने गोविन्द प्रभात, नारायण रिजाल र अनिल कोइरालाको नृत्य रहेको छ । चलचित्र कथा भने रमेश कुमार राईको रहेको छ ।

[youtube]https://www.youtube.com/watch?v=5kClkWVpXtM[/youtube]

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु