सबै कलाकारलाई एउटै छातामुनि समेट्न सफल गम्बु

म्यूजिक खबर
प्रकाशित: ४ मंसिर २०७२, शुक्रबार

नेपाली कला, भाषा र संस्कृतिलाई सदैव मन, मुटु र मष्तिश्कमा राखेर यसैको श्रीबृद्धिमा दत्तचित्त भई विगत एक बर्षबाट अमेरिकामा रहेका नेपाली कलाकारहरुको साझा संगठनको रुपमा स्थापित नेपाली अमेरिकन कलाकार संघ, उत्तर अमेरिकाको नेतृत्व गर्ने अहोभाग्य पाएका गम्बु शेर्पाको कार्यकाल सफल भएको छ । अमेरिकामा कलाकारहरुलाई संगठित बनाउन सफल गम्बुका १० कार्यहरु अतिनै स्मराणयोग्य छन् । सन् २०१४ नोभेम्बर ७ तारिखको दिन अमेरिकाको न्युयोर्कमा अमेरिकामा रहेका नेपाली कलाकारहरुको ठूलो उपस्थिती, सहयोग, अनुरोध र सद्भावले संघको नेतृत्व गर्ने अवसर पाएका गम्बुले सबैमा आभार प्रकट गरेका छन् ।उनले विगत एक दशक भन्दा बढि समयदेखि न्युयोर्क कला मञ्चको स्थापना गरी सामुहिक रुपमा नेपाली कला र संस्कृतिलाई संस्थागत रुपमा अभियानकै रुपमा श्री गणेश गर्नु हुने आदरणीय राम राजा छेत्री र सुवर्ण छेत्रीप्रति कृतज्ञ रहेको बताए त्यस्त नेपाली चलचित्र क्षेत्रकी सर्वप्रिय अभिनेत्री गौरी मल्लप्रति आभारी भएको बताए । अभिनेत्री मल्लक नेतृत्वमा रहेको तात्कालिन युनाईटेड नेप्लिज आर्टिष्ट एसोसियसन (युना) लाई अझ प्रक्रिया संगत अघि बढाई हाल नेपाली अमेरिकन कलाकार संघ, उत्तर अमेरिकाको नाममा रुपान्तरित भएको छ ।
नेपाली कला, भाषा र संस्कृतिलाई सँधैभरी मनमा राखेका गम्बुले आफ्नो कार्यकाल समाप्त भए सँगै नवगठित कार्यसमितिलाई पूर्ण एवं सफल कार्यकालको शुभकामना व्यक्त पनि गरेका छन् । आफ्नो नेतृत्वकालमा सफल कार्यकाल सम्हालेका गम्बुका संस्थागत उपलब्धी र कार्यक्रमहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
१. सन् २०१४ नोभेम्बर ७ तारिखबाट मैले नेतृत्व सम्हाले लगतै संस्थागत प्रक्रियालाई अघि बढाउने क्रममा सन् २०१४ डिसेम्बर २६ तारिखको दिन कानुन व्यावसायी रमेश कुमार श्रेष्ठको सहयोगमा यस नेपाली अमेरिका कलाकार संघ आधिकारिक रुपमा दर्ता प्रक्रिया सम्पन्न ग¥यो । यस लगतै अंग्रेजी नयाँ बर्षको अवसरमा संस्थाले शुभकामना आदान प्रदान सहित “डिजे व्याटल” कार्यक्रमको आयोजना गरिएको थियो भने सोहि दिन नेपाली चलचित्र क्षेत्रकी बरिष्ठ अभिनेत्री बसुन्धरा भूसालबाट संस्थाको आधिकारिक वेवसाई धधध।लभउबष्बिmभचष्अबलबचतष्कतबककयअष्बतष्यल।यचन। को उद्घाटन गरिएको थियो ।
२. संस्था स्थापनासँगै संस्थागत हित र विकासको लागि कागजी रुपमा पूर्ण प्रक्रियागत ढंगले अघि बढाउने हेतुले मुनाफा रहित संस्थाको रुपमा दर्ता गराई ५०१ ९सी० सेक्सन ९बी० अन्र्तगतको प्रमाणपत्र संस्थाले सन् २०१५ अप्रिल २१ तारिखको दिन लिन सफल भएको छ ।
३. सन् २०१५ मार्च ८ तारिखको दिन नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका तारा थापा र गायक÷संगीतकार सुक गुरुङ्गको उपचारार्थ न्युयोर्कमा एक सांगीतिक कार्यक्रमको आयोजना गरिएको । बिभिन्न नेपाली संघ संस्थाहरुको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रमबाट उठेको रकममध्येबाट ब्रेष्ट क्यान्सरपीडित गायिका तारा थापालाई २ लाख ३८ हजार रुपैया र मृगौला पीडित गायक÷संगीतकार सुक गुरुङ्गलाई ३ लाख ५० हजार रुपैया हस्तान्तरण गरिएको । उक्त रकम सन् २०१५ मार्च २२ तारिखको दिन अभिनेत्री गौरी मल्लको अध्यक्षता र सञ्चारकर्मी एवम् कलाकार सरोज केसीको संयोजकत्वमा सम्पन्न भएको थियो ।
४. बैशाख १२ गते नेपालमा गएको विनासकारी महाभुकम्पपीडितहरुको सहयोगार्थ संस्थाका पदाधिकारीहरु र यसै संस्थाको आयोजनामा न्युयोर्क लगायतका बिभिन्न राज्यबाट सहयोग रकम संकलन गरेर गोरखा, सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, काठमाण्डौका भुकम्पपीडितहरुको लागि ७ लाख भन्दा बढिको नगद÷जिन्सी सामाग्री वितरण गरिएको ।
५. बैशाख १२ गते नै गएको विनासकारी महाभुकम्पमा परेर ज्यान गुमाएका किबोर्डीस्ट स्व। विनयदेव पाण्डेको परिवार र लोकगायक बुद्धिकृष्ण लामीछानेलाई संस्थाको तर्पmबाट जनही एक–एक लाख रुपैया र मृगौला पीडित कलाकार प्रदीप सिंहलाई ५० हजार रुपैया प्रदान गरिएको । यसैगरी संस्थाकै तर्पmबाट भुकम्पपीडत हाँस्यकलाकारद्धय राजु भुजेल र दीपेन शाहलाई जनही २५–२५ हजार रुपैया सहयोग रकम प्रदान गरिएको ।
६. संस्थाकै तर्पmबाट क्यान्सरपीडित गीतकार प्रेमप्रकास मल्लको उपचारर्थ ८० हजार रुपैया प्रदान गरिएको यद्यपी मल्लको उपाचारकै क्रममा निधन भएको ।
७. यससँगै संस्थाकै आयोजनामा अमेरिका भ्रमणमा रहेका बिभिन्न क्षेत्रका कलाकारहरुलाई स्वागत सम्मान गर्दै नेपाली कला, भाषा र संस्कृति आदान–प्रदान गर्ने कार्यहरु नियमित रुपमा गर्दै आएको । संस्थाकै तर्पmबाट पहिलो पल्ट सम्पूर्ण सदस्यहरुलाई आधुनिक परिचय पत्र प्रदान गरिएको र यस प्रकारको परिचय पत्र अमेरिका भ्रमणमा रहेका कलाकारहरुलाई समेत उपलब्ध गराउँदै आएको ।
८. संस्थाको आयोजनामा बिभिन्न चाड पर्व र बिशेष तिथीहरुमा कार्यक्रमको आयोजना गरि अमेरिकामा नेपाली कलाकारहरुको संस्थाको अलग्गै उपस्थिती गराउँदै आएको र उत्तर अमेरिकामा छरिएर रहेका कलाकारहरुलाई संस्थामा आवद्ध गराउँदै आएको । हालसम्ममा यस संस्थामा सय भन्दा बढि कलाकारहरुले सदस्यता लिईसकेको ।
९. संस्थामा उल्लेखित विधान बमोजिम गत नोभेम्बर ८ तारिखको दिन संस्थाको पहिलो साधारण सभाको अवसर पारेर लोक गायक सुमन बुढामगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको ।
१०. गत नोभेम्बर १६ तारिखबाट संस्थागत रुपमा सम्पूर्ण नगद तथा जिन्सी सामाग्री नयाँ कार्यसमितिलाई हस्तान्तरण गरिएको ।gambu_sherpa_saroj

gambu

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु