समीर र टिकाको ‘चट्ट सलाम’ भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १७ मंसिर २०७३, शुक्रबार

samira-acharya-tika-prasain

काठमाण्डौ, १७ मङ्सिर । पूर्व थातथलो भएकी चर्चित गायिका टिका प्रसाईं र अष्ट्रेलिया बस्दै आएका गायक समिर आचार्यले सुदुर पश्चिमेली लबजमा एकआपसमा ‘तम्लाई चट्ट सलाम छ ’ भनेका छन् । सुन्दा नीकै मीठो लाग्ने तम्रा हम्रा शब्दहरु अचेल अधिकांस गीतहरुमा प्रयोग भईरहेका बेला आचार्यले सुदुर पश्चिमको बोलीचालीको भाषालाई गीतमा उतारेर गायिका टिका प्रसाईँलाई जोडि बनाउँदै नयाँ गीत मार्फत सुदुरपश्चिम भाषा गीतमा प्रयोग गरेका छन् ।

गायन क्षेत्रमा पहिचान बनाइसकेका समीर आचार्य र टीका प्रसाईं ‘तम्रो आखा गाजले’ बोलको गीत लीएर आएका छन् । समीरकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा नम्रता सापकोटा र नीराजन प्रधानको रमाइलो नृत्य रहेको भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका हुन् । “तम्रो आखा गाजले” एउटा पूर्ण लोकभाकामा आधारीत संगीत भरिएको गीत हो । गायिका टिका प्रसाईसंग समीरको यो पहीलो युगल गीत हो । टिका प्रसाईँ अहिले नेपाली गीतको दुनीयामा निकै चीर परीचीत नाम हो भने समीर केही वर्ष यता सांगीतीक दुनीयाको हीट लिस्टमा छन् । डेढ दशकदेखि संगीत क्षत्रमा सक्रिय उनको यो भन्दा पहिले “हैन भन्देउ न माया” र “दुनीया बेग्लै छ” भन्ने गीत दर्शक श्रोताको मनमा बस्न सफल भईसकेका छन् । करीब १ वर्षको अन्तरालमा आएको यस गीतबाट समीर एकदमै उत्साहीत देखीन्छन ।

‘चट्ट सलाम’को भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु