सम्पादनमा नाइ नभन्नु ल-४

म्यूजिक खबर
प्रकाशित: १९ कार्तिक २०७२, बिहीबार

निर्देशक विकास आचार्यको चलचित्र नाइनभन्नु ल ४ यतिबेला सम्पादनमा रहेको छ । नाइनभन्नु लको सफलतापछि सिक्वेलको व्यापार गर्दै आएका आचार्यको यो चलचित्र पनि १,२,३ जस्तै सफलता हात पार्ने आशा गरिएको छ ।
नाइ नभन्नु ल१, २, ३ को सफलतासँगै आचार्यले चलचित्र नाइ नभन्नु ल-४ पनि बनाएका हुन्। यो चलचिमा अन्य चलचित्रको भन्दा भिन्नै कथाबस्तु रहेको निर्देशक आचार्यले बताए।
बाल चलचित्र भएकाले बालबालिकालाई मध्यनज गर्दै चैत २६ गते प्रदर्शन गर्ने गरी तयारी गरिएको आचार्यले बताए। केही समय अगाडी प्रदर्शनमा आएको यस चलचित्रमा समावेस गीतले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको समेत उनले जानकारी गराए।
पारिवारिक प्रेमकथामा आधारित रहेको यो चलचित्रमा बालकलाकार अनुभव रेग्मी, प्रियंका कार्की, पल शाह, बर्षा राउत, आचल शर्मा सरोज खनाल, मरिचमान श्रेष्ठ, शिशिर भण्डारी, पुष्प आचार्यलगायतको अभिनय रहने छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु