सांगीतिक भ्रमणका क्रममा रहेका राजेशले यूकेको रिडिङ हल्लाए

म्यूजिक खबर
प्रकाशित: २५ फाल्गुन २०७२, मंगलवार

केहि दिन यता वैदेशिक सांगीतिक भ्रमणमा व्यस्त भएका राई इज किङले साइप्रस, मलेशिया, कङ्गकङ्गका विभिन्न शहरहरुमा सफल र लोकप्रिय प्रस्तुति दिईसकेका छन् । सांगीतिक भ्रमणकै क्रममा पछिल्लो समयमा युकेमा रहेका लोकप्रिय गायक राजेशले त्यहाँ पनि विभिन्न कार्यक्रमहरुमा प्रस्तुति दिन भ्याएका छन् । यस्तै क्रममा उनले बेलायतकोे सांगीतिक भ्रमणलाई रिडिङमा भव्य तथा सभ्य प्रस्तुति दिएर बेलायतको कार्यक्रमलाई मैजारो गरेका छन् ।

rajesh=payaluk
रिडिङमा पनि उनको थामिनसक्नु क्रेज भएको कार्यक्रममा राईसंग सेल्फी र फोटो खिच्ने प्रशंसकहरुको ठूलो भिडले झल्काएको थियो। कार्यक्रममा राईले दुई दर्जन नयाँ पुराना गीतले करीब ३ घण्टा मनोरञ्जन दिलाए। कार्यक्रममा राईले नाई नभन्नु ल २, नाई नभन्नु ल ४, राम प्यारी, फूलैफूलको मौसम तिमीलाई, घुम्न जाउं धरान, बसमा छैन यो मन, दर्शन नमस्ते, नमाग मसंग सहारा नमाग, सारा सारा माया, चौबन्दी चोलीलगायत गीत प्रस्तुत गरी दर्शकहरुको पसिना छुटाए।

rajesh_payal_rai
आयोजकद्वय बीसी राई र गंगा राई तथा उपसंयोजक एलबी सुब्बाले कार्यक्रम रिडिङमा अहिलेसम्म कै भव्य र सभ्य भएको बताए। युकेमा भएका ३ वटै कार्यक्रम सफल भएको आयोजकमध्ये एक एलबी सुब्बाले बताए।
सांगीतिक भ्रमणकै क्रमा यसपछि उनको हङ्गकङ्ग यात्रा रहनेछ ।

rajesh_payal rai

rajesh payal_audiance

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु