सांगीतीक क्षेत्रमा जम्दै जिरेल

म्यूजिक खबर
प्रकाशित: १७ मंसिर २०७३, शुक्रबार

मङ्सिर १७, काठमाडौं । घरमा रेडीयोमा गीत बज्योकी ढोका थुनेर नाचीहाल्ने । अनी तीनै गीतसंगै संगसगै आफ्नो आवज मिसाउँदै गीतमै भुलिदिने । थाहा थिएन अनि कुनै त्यस्तो सोचाइ पनि थिएन आजको दिनमा आएर नेपाली सांगीतिक क्षेत्रमा एउटा परिचय बनाउँछु भनेर । तर जीवनमा त्यही भइदिँदो रहेछ जुन कुरा हामी निस्वार्थ रुपमा निरन्तर लागिरहन्छौं । त्यसैले दिन्छ एउटा परिचय त्यसैले दिन्छ एउटा काम अनि काम सँगै जोडिने नाम दाम माम । आज तिनै बालिकाको संगीतप्रतीको लगाबले उनलाई एउटा परिचय मिलेको छ । अझै पनि उनी संगीतमा आफ्नो बलियो भविष्य खोज्दैछिन । बलियो परीचय खोज्दैछिन आफ्नो मात्र नभई आफ्नो गाउ ठाउँको पनि ।

ritika-jirel-1

उनी हुन दोलखाकी रितिका जीरेल । बुबा धनबाहादुर जीरेल र आमा माया जीरेलकी कान्छी छोरीको रुपमा जन्म लिन पुगेकी जिरेल सानैदेखि संगीतका झुकाव राख्थिन् । विभिन्न सांगीतिक कार्यक्रमहरुमा भ्याएसम्म आफुले थाहा पाएसम्म सहभागी हुन्थें रितिकाले भनिन् – स्कुलमा कतिपटक सरहरुले गाली पनि गर्नुहुन्थ्यो पढ्न छाडेर के गरेको भन्दै तर उहाँहरुले उत्तिकै माया पनि गर्नुहुन्थ्यो ।’

त्यही झुकाबले जीरेल विगत ३ बर्ष अगाडीबाट औपचारिक रुपमा नेपाली सांगीतिक क्षेत्रमा पूर्ण जीवन बिताउन सफल भएकी छिन् । म्युजिक भिडियोमा अभिनय संगै गायनमा प्रबेश गरेकी जिरेलले करिब दुई दर्जन म्युजिक भिडियोमा आफ्नो अभिनय कला देखाईसकेकी छिन । जसमा अन्जु पन्त र स्वरुप राज आचर्यको स्वर रहेको मैले तिमीलाई चिन्न सकिनँ गीतबाट अभिनय सुरु गरेकी जिरेल तिम्रो आँखैमा लगायतका करीब दुई दर्जन गीतमा अभिनय गरेर दर्शकलाई मन्त्रमुग्ध पारिसकेकी छिन् ।

ritika-jirel-1

लोक, राष्ट्रिय, आधुनिक र पप सबै विधाको गीतमा उत्तिकै न्याय गरेर गाउन सक्ने जिरेलले आफुलाई नेपाली सांगीतिक क्षेत्रमा भर्र्सटायल गायिकाको रुपमा आफ्नो परिचय बनाउँदै छिन् । नेपाली सांगीतिक क्षेत्रको बजार खस्कँदो अवस्थामा रहेको समयमा पनि दिल खोलेरै लागेकी जिरेलको आँटलाई देखेर साथीहरुले प्रशंसा गर्ने गर्छ । ‘म चाँडै खाउँ चाँडै मरौ भन्ने स्वाभाबकी केटी होईन मलाई विश्वास छ एक दिन मलाई यही क्षेत्रले विश्वसामु चिनाउनेछ, म सन्तुष्ट छु’ रितिकाले भनिन् । हाल उनी आफ्नो पछिल्लो गीत सर्वश्व सुम्पें तिमीलाईको प्रमोसनमा लागेकी छिन् । जसमा दिनेश आँशुको शब्द संगीत र राम कार्कीको संगीत संयोजन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु