साउन १६ मा समाजको साधारणसभा

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७१, बिहीबार

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको गत १५ गते बसेको बैठकले आगामी साउन १६ मा साधारणसभा गर्ने घोषणा गरेको छ । समाजभित्र भएको सदस्यहरुको राजिनामापछि नयाँ कार्यसमिति चयनका साथमा साउन १६ मा साधारणसभा गर्ने निर्णय गरेको हो । समाजभित्र भएको गुटबन्दीले गर्दा समाजलाई टुक्र्याउन खोज्नेहरुको विरुद्धमा आफूले आफ्ना नयाँ नयाँ कार्यक्रमहरु अघि सार्दै समाजका अध्यक्ष दिनेश डिसीले साउनमा साधारणसभा गर्न लागेको बताएका छन् । डिसीले आफूले राम्रो काम गर्दागर्दै पनि सदस्यहरुमा प्रतिशोधका भावना उजागर भएको देख्दा दुःखी भएको बताउँदै अब साधारणसभाबाट आफ्नो प्रजातान्त्रिक अधिकार स्थापित गर्न सदस्यहरुलाई आग्रह गरेका छन् । साधारणसभाबाट समाजका सदस्यहरुले आफ्ना अधिकारका कुराहरु राख्न पाउने अवसरबाट बञ्चित नहुनका लागि साधारणसभाको समय तोकिएको डिसीले बताएका छन् । उनले अरुले खुट्टा ताने पनि आफू समाजका हितका लागि कटिबद्ध भएर लागिरहने बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु