साउन २१ बाट सुन्तलीलाई भागाइलग्यो झिल्केले

म्यूजिक खबर
प्रकाशित: १८ असार २०७३, शनिबार

आर बी मुभिजको ब्यानरमा ऋषिराज आचार्यद्वारा निर्मित तथा निर्देशित चलचित्र ९सुन्तलीलाई भगाइलग्यो झिल्केले०यहि साउन २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ। वास्तविक नेपाली जीवनमा आधारित यो चलचित्र कमेडिका साथसाथै मौलिक पनि छ।
मिस्टेक र सपना तिम्रो मेरो जस्ता चलचित्रको सफलताले हौसिएका ऋषिराजले यो चलचित्रमा अँझ धेरै मेहनत गरेको र पहिंले आँफुलाई चलचित्रमा खड्किएका कुरा समेत पूरा गरेको बताएका छन।

suntalilai
चलचित्रमा सुर्जनी के.सी.,सुशान्त कार्की, शिशिर भन्डारी, सुशील सिटौला र रिजा भुषाल लगायतका कलाकारको अभिनय रहेको छ।

निर्देशक ऋषिराज आचार्यकै कथा लेखन र निर्माण रहेको यश चलचित्रको शिर्ष गीतको अहिले निकै चर्चा चलेको छ । जसमा मेरो एउटा साथी छ,ब्ल्याक मेल, श्रीमान श्रीमती लगायतका दर्जनभन्दा बढी चलचित्रमा चलचित्रमा आफ्नो दक्षता देखाइसकेका संगीतकार बिपिन आचार्यको संगीत छ । बिपिन आचार्यको संगीतमा रहेको शिर्ष गीतमा चर्चित गायिका माण्डबी त्रिपाठी र कालीप्रसाद बास्कोटाको स्वर रहेको छ। त्यस्तै अर्को तिजैमा लै लै भन्ने गीतमा अर्जुन पोख्रेलको संगीत रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु